नाङ्लेबजारमा टिपर दुर्घटना : एक जनाको मृत्यु
काठमाडौं : काठमाडौंको नाङ्लेबजारमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका–१ नाङ्लेबजारमा बा४ख ६३७९ नं को टिपर दुर्घटना हुँदा धादिङको थाँक्रे गाउँपालिका–७ का २० वर्षीय किरण बाँस्कोटाको गए राति मृत्यु भएको हो ।
टिपर सडकबाट १०० मिटर तल खसेको र टिपरले नै किचेर बाँस्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँस्कोटा टिपरका सहचालक हुन् । रासस
प्रतिक्रिया दिनुहोस !