चुनाव लड्न ६/७ करोड चाहिने अवस्था सिर्जना भयो : शशांक कोइराला
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले चुनाव निकै खर्चिलो बन्दै गएको बताएका छन्।
नेपाल विद्यार्थी संघ इलाम–काठमाडौं सम्पर्क मञ्चले शनिबार गरेको कार्यक्रममा कांग्रेस नेता कोइरालाले विगतमा भन्दा चुनाव खर्चिलो बन्दै गएको बताएका हुन् ।
उनले भने, ‘सुरुको चुनावमा मेरो खर्च ८० हजार भएको थियो। त्यसपछिको चुनावमा तीन करोड पुग्यो। गएको चुनावमा त छ करोड रुपैयाँ खर्च भयो।’
उनले चुनाव लड्छु भन्नेबित्तिकै ६/७ करोड चाहिने अवस्था सिर्जना भएको बताए। आसन्न चुनावमा सकभर कांग्रेस एक्लै लड्नुपर्ने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !