साउदीमा २१ जना नेपाली अलपत्र

साउदीमा २१ जना नेपाली अलपत्र

साउदी : वैदेशिक रोजगारीकाक्रममा साउदी अरब पुगेका २१ जना नेपाली अलपत्र परेका छन्। साउदीको इन्टरनेशनल सामा एंड मेन्टेनस कम्पनीको लागि काम गर्न भनी नेपालको मार्स सर्भिस मेनपावरबाट साउदी पुगेका २१ जना नेपालीहरु तलब नपाएर अलपत्र परेका हुन्।

पीडितहरुका अनुसार सम्बन्धीत कम्पनीले २१ जना नेपालीलाई एक्जिट गरेर पासपोर्ट पनि कम्पनीले नै राखेर आफूहरुलाई अलपत्र पारेको भन्दै दुतावास र मेनपावरलाई जानकारी गराएको तर हालसम्म पनि सहयोग र उद्धार हुन नसकेको उनीहरुको गुनासो रहेको छ।

पीडितहरुले आफूहरुलाई सम्बन्धीत कम्पनीले अलपत्र पारेको गुनासो मेनपावर संचालक जयराम खत्री र प्रकास बोहरा जानकारी गरी उद्धार गरिदिन आग्रह गदै आईरहेको र आफूहरुलाई ल्याउने एजेण्ट अनिलकुमार ठाकुरसमेत रहेको जानकारी दिएका छन्। यस्तै अलपत्र परेका नेपालीहरुलाई साउदीको रियाद वथामा रहेको नेपाली होटल लालिगुराँसका संचालक यम तमुले समुदायको सहकार्यमा खाना र बस्नको व्यवस्था गदै आईरहेका छन्।

हालसम्म साउदीमा वैधानिकरुपमा ३  लाख २०  हजारभन्दा बढी नेपाली कार्यरत रहेका छन् भने अवैधानिकरुपमा २० हजारभन्दा बढी रहेको अनुमान गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.