माण्डवीमा एमालेविरुद्ध विप्लवसहित चार दल
बुटवल : माण्डवी गाउँपालिका प्यूठानमा नेकपा एमालेविरुद्ध चार दल चुनावमा भिड्ने सहमती गरेका छन्।
प्रेस विज्ञप्ती जारी गर्दै एमालेविरुद्ध नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र विप्लव नेतृत्वको नेकपा एक भएका हुन्। सहमतिमा राष्ट्रिय जनमोर्चाको एक समूहले पनि हस्ताक्षर गरेको छ। यहाँ जनमोर्चाको दुई धार छ।
दलिय अस्तित्व स्विकार गरी गठबन्धनसहित चुनावमा भिड्ने सहमती भएको प्रेस विज्ञप्तिमार्फत जानकारी गराइएको हो। प्रारम्भिक सहमतिमा हस्ताक्षर भएपनि पदीय भागवण्डा अझै टुंगो लागेको छैन्।
पदीय भागवण्डामा कुरा नमिले सहमति भंग पनि हुनसक्ने एक नेताले बताए। माण्डवी गाउँपालिकामा हाल एमाले नेतृत्वको सरकार छ।