रुखबाट खसेर चितुवा मर्‍यो

रुखबाट खसेर चितुवा मर्‍यो

परासी : बालकलाई आक्रमण गरेर भागेको चितुवा रुखबाट खसेर मरेको छ। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–८ पिपरपाती गाउँमा शनिबार दिउँसो देखिएको उक्त चितुवाले स्थानीय बालकलाई आक्रमण गरेर भागेको थियो।
 
उखुबारीबाट निस्केको चितुवा गाउँपसेपछि स्थानीयले प्रहरीमार्फत डिभिजन वन कार्यालयलाई खबर गरेका थिए। एक स्थानीयको घरमा पसेको चितुवालाई गाउँलेले भगाएका थिए। भाग्दै गरेको चितुवाले गहुँखेतमा अभिभावकसँग बसेका ११ वर्षिय बिजय हरिजनलाई आक्रमण गरेर घाइते बनाएको वडाअध्यक्ष कादिरअलि अंसारीले जानकारी दिए।

आक्रमणमा परी टाउकोमा चोट लागेका बालकको अवस्था उपचारपछि सामान्य छ। बालकलाई आक्रमण गरेर भागेको चितुवा सिमलको रुखमा चढेको थियो । गाउँलेको भिडदेखेपछि आत्तिएको चितुवा रुखबाट खसेर मरेको डिभिजन वन कार्यालयका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिए। मृतक भाले चितुवा अन्दाजी ५ वर्षको छ।

मृतक चितुवालाई पोष्टमार्टमका लागि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र परासीमा पठाइएको वाग्लेले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.