निजामती कर्मचारी र शिक्षकको तलब समान बनाउन पहल भइरहेको छः शिक्षामन्त्री पौडेल
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निजामती कर्मचारी र शिक्षकको तलब समान बनाउन पहल भइरहेको बताएका छन्।
दक्षिणकाली नगरपालिकास्थित सेतीदेवि माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा शिक्षा मन्त्री पौडेलले लोकसेवा आयोग र शिक्षक सेवा आयोग उत्तीर्ण गरी सेवा प्रवेश गरेकाको तलब समान बनाउन पहल गरेको बताएका हुन्।
मन्त्री पौडेलले ‘हाम्रो विद्यालय म बनाउँछु’भन्ने अभियान शुरू गरिने बताए। आगामी वर्षदेखि यो अभियान शुरू गरिने उनको भनाइ छ।
उनले सार्वजनिक शिक्षा सुधार गर्न विद्यालयका प्रध्यानध्यापक र शिक्षकको मुख्य भूमिका हुने बताए। ‘हाम्रो परिवारको कुनै सदस्य विरामी भएर अस्पताल लग्यौं भने उसको जीवन डाक्टरको हातमा हुन्छ,’ मन्त्री पौडेलले भने, ‘आज सार्वजनिक विद्यालय बचाउने र सुधार्ने जिम्मा प्रधानध्यापक र शिक्षकको हातमा बढी छ।’
विद्यालय र शिक्षा प्रणाली सुधारको उद्देश्यसहित शिक्षकको सेवा सुविधा कर्मचारी सरहको बनाउने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !