इमरान खानको पार्टीले सर्वोच्चमा दियो पुनरावेदन निवेदन, अविश्वास प्रस्ताव अनिश्चित

इमरान खानको पार्टीले सर्वोच्चमा दियो पुनरावेदन निवेदन, अविश्वास प्रस्ताव अनिश्चित

इस्लामावाद : पाकिस्तानी सत्तारुढ दल पाकिस्तान तहरीक-ए-इंसाफ (पीटीआई)ले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएको छ।

प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा विपक्षीद्वारा प्रस्तुत अविश्वास प्रस्ताव रद्ध गर्ने निर्णय उल्ट्याउने  सर्वोच्चको फैसलामा पीटीआईले शनिबार पुनरावेदन निवेदन दिएको हो।

पुनरावेदन निवेदनमा उपसभामुख कासिम खान सुरीको अविश्वास प्रस्ताव खारेज गर्ने निर्णयलाई निरन्तरता दिन माग गरिएको हो।

बिहीबार फैसला सुनाएको सर्वोच्चले आज अविश्वास प्रस्तावमा मतदान गर्न आदेश दिएको छ। आज दिनभर दुईटा बैठक राखेर प्रस्तावमाथि छलफल गराएका सभामुखले आज राति मतदान गराउने तयारी गरेका बेला त्यसअघि इमरानको पार्टी पुनरावेदनका लागि अदालत पुगेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्। पुनरावेदन निवेदनमा पीटीआईले संसदको कामकारवाहीमा अदालतले हस्तक्षेप गर्न नसक्ने जिकिर गरिएको छ।

कानुनका जानकारले पुनरावेदनको उद्देश्य अविश्वास प्रस्तावको मतदानमा ढिलाई गर्नु रहेको बताएका छन्।

पाकिस्तानी योजनामन्त्री असद उमरले पनि संसदको मामिलामा अदालतलाई हस्तक्षेप गर्ने कुनै अधिकार नभएको बताएका छन्।

यसैबीच प्रधानमन्त्री खानले राति ९:३० बजे मन्त्रिपरिषद्‌को विशेष बैठक बोलाएका छन्। बैठकले महत्वपूर्ण निर्णय लिने अनुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.