अष्ट्रेलियामा मे २१ मा आम निर्वाचन  हुने

अष्ट्रेलियामा मे २१ मा आम निर्वाचन  हुने

अष्ट्रेलिया : अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले मे २१ मा आम निर्वाचन हुने घोषणा गरेका छन् । स्कट मोरिसन सन् २०१८ देखि अष्ट्रेलियाका प्रधानमन्त्री छन् ।

मोरिसनको नेतृत्वमा रहेको गठबन्धनसँग संसदमा ७६ सिट छन् र अष्ट्रेलियामा सरकार बनाउन कम्तीमा त्यति संख्या हुनु आवश्यक छ।

अष्ट्रेलियामा सरकार परिवर्तन भइ विपक्षी लेबर पार्टी सत्तामा आउन सक्ने चुनावी सर्वेक्षणले देखाएको छ । तर, गत चुनावमा स्कट मोरिसनले  हार्ने भनिए पनि उनले चुनाव जितेका थिए।

स्कट मोरिसनले गभर्नर जनरलसँग कुरा गरेपछि चुनावको घोषणा गरेका हुन्। हालैका दिनहरूमा प्रधानमन्त्री स्कट मोरिसनमाथि विभिन्न आरोप लागेपछि उनको लोकप्रियता घटेको छ।

पछिल्लो नौ संसदीय निर्वाचनमध्ये सातवटा चुनाव जितेर पनि स्कट मोरिसनको पार्टीलाई आगामी चुनाव जित्न गाह्रो हुने राजनीतिक विश्लेषकहरू बताउँछन् । बीबीसी
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.