विहारमा पाँच सय टनको पुल चोरी
काठमाडौं : भारतको विहारमा पाँच सय टनको पुल चोरी भएको छ। विहारस्थित सासाराम जिल्लाबाट ६० फिट लामो र ५ सय टन तौल भएको पुल चोरी भएको हो।
सन् १९७२मा निर्माण गरिएको पुल सिँचाइ विभाग अन्तर्गत रहेको र त्यसको उपयोग नभइरहेको भारतीय संचार माध्यम एनआइले जनाएको छ। भारतीय समाचार संस्था पीटीआइले सुरक्षा अधिकारीलाई उद्धृत गर्दै आफूलाई सरकारी अधिकारी बताउने व्यक्तिहरुले नै पुल चोरी गरेको जनाएको छ।
भारतीय संचारमाध्यमका अनुसार अमियावार गाउँमा पर्ने अर्राह नहरमाथि निर्माण गरिएको पुललाई खतरनाक भनि घोषणा गरिएपछि सो पुल प्रयोगमा आउन छोडेको थियो।