एमालेले भरतपुरको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने

एमालेले भरतपुरको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने

चितवन : भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ।

एमालेले प्रदेश सांसद विजय सुवेदीलाई मेयर उम्मेदवार बनाएको हो। यसअघि उनी चितवन क्षेत्र नम्बर २ (ख) बाट बागमती प्रदेशसभामा विजयी भएका थिए। महानगरपालिकाको बैठकले मेयरमा उम्मेदवारको नाम सिफारिस गरेको हो। आइतबार बसेको महानगर कमिटीको बैठकले मेयरमा सर्वसम्मतरुपमा सुवेदीको नाम सिफारिस गरेको छ।  सुवेदी सर्वसम्मत रुपमा मेयरमा सिफारिस भएको पार्टीका महानगर कमिटी अध्यक्ष शंकर थपलियाले जानकारी दिए।

सुवेदीको प्रस्तावकमा पार्टीका केन्द्रीय सदस्य देवी ज्ञवाली र  संघीय सांसद कृष्णभक्त पोखरेलले समर्थन जनाएका छन्। ज्ञवाली र पोख्रेल दुबै मेयरको दाबेदार थिए। यसअघि ज्ञवाली माओवादी केन्द्रका रेणु दाहालसँग झिनो मत अन्तरले पराजित भएका थिए। 

सांसद सुवेदी बागमती प्रदेशका पूर्वसामाजिक विकास मन्त्री हुन्। उनले एमाले चितवनको पार्टी प्रमुख भएर तीन कार्यकाल नेतृत्व गरेका छन्। उनी प्रतिनिधि सभा निर्वाचनमा भने दुई पटक पराजित भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.