झिमरुकमा सत्ता गठबन्धन विभाजित, मसालको नेतृत्वमा चुनाव लड्न अस्वीकार

झिमरुकमा सत्ता गठबन्धन विभाजित, मसालको नेतृत्वमा चुनाव लड्न अस्वीकार

झिमरुक (प्यूठान) : झिमरुक गाउँपालिका प्यूठानमा सत्तागठबन्धनका दलहरु विभाजित भएका छन् । केन्द्रीयस्तरमा सत्तारुढ दल मिलेर चुनाव लड्ने सहमति भएपनि स्थानीय तहमा उनीहरु मिल्न सकेका छैनन् । स्थानीय नेता, कार्यकर्ताको भावना विपरित केन्द्रले सहमति गरेको भन्दै नेता कार्यकर्ताहरु रुष्ट बनेका छन् ।

झिमरुक गाउँपालिकामा अहिले नेकपा मसाल र त्यसको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाको सरकार छ । माओवादी र नेपाली कांग्रेसले मसालको नेतृत्वमा चुनावी गठबन्धन गर्न स्वीकार गरेका छैनन् । कुरा नमिलेपछि अहिलेसम्म उम्मेदवारको समेत टुंगो लागेको छैन् । मसाल बाहेकको चुनावी गठबन्धन गर्नुपर्ने नेता, कार्यकर्ताहले माग गरेका छन् ।

कांग्रेसका आठ वडाका सभापतिमध्ये सातजना वडाका सभापतिहरुले नेकपा मसालसँग चुनावी गठबन्धन गर्न नहुने अडान लिएका छन् । 'सबैतिरबाट मसाल बाहेकको गठबन्धन हुनुपर्ने माग छ, 'कांग्रेस झिमरुक ५ का वडा सभापति दिपक जिसीले भने,'धेरैजना भर्खरै मसाल छाडेर कांग्रेसमा प्रवेश गरेका छन्, उनीहरु फेरि गिलासमै भोट हाल्न तयार छैनन् । कार्यकर्ताको भावना विपरित गठबन्धन गर्नुहुँदैन ।'

पार्टी नेतृत्वलाई यसबारेमा स्पष्टसँग कुरा राखेको उनले प्रतिक्रिया दिए । कुद दलसँग गठबन्धन गर्ने भन्ने बारेमा अझै टुंगो नलागेको कांग्रेस झिमरुक गाउँपालिका सभापति मिनराज भट्टराइले जानकारी दिए । 'चुनावी तालमेलको बारेमा प्रारम्भिक छलफल मात्र चलेको छ,'उनले भने,'हामी निष्कर्षमा पुगेका छैनौं, विषेश निर्णयबाहेक पार्टी केन्द्रले गरेको निर्णय नै मान्य हुन्छ ।'

 उनले स्थानीय तहलाई तालमेलको बारेमा पार्टीले अधिकार नदिएको समेत सुनाए । स्रोतका अनुसार सत्ता गठबन्धनका दल नेकपा माओवादी, नेपाली कांग्रेस र मसालको आइतबार मच्छिमा बसेको बैठक निष्कर्षबिहीन बनेको छ ।  जिल्लाका धेरैजसो स्थानीय तहबाट स्थानीय राजनीतिक अवस्था अनुसार नै तालमेल गर्न पाउने माग आइरहेको नेकपा माओवादी केन्द्र प्यूठानका संयोजक एवं २०७४ सालमा झिमरुक गाउँपालिका अध्यक्ष पदका उम्मेदवार पितबहादुर एमसीले प्रतिक्रिया दिए । 

'स्थानीय तहमा विपक्षी दलसित आफ्नै खालका विवादहरु हुन्छन्, 'एमसीले भने,' केन्द्रले एक खालको निर्णय गरेकाले मिलेर जाने विषयमा अझै टुंगो लागिसकेको अवस्था छैन् ।’माओवादी र कांग्रेसले धेरै वडाहरु माग गरेको राष्ट्रिय जनमोर्चाको तर्फबाट वार्ता समितिका सदस्य एवं झिमरुक गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष टिका बहादुर जिसीले प्रतिक्रिया दिए । ‘उपाध्यक्ष सहित केही वडा दिने कुरा भएको छ, 'उनले भने,'तर, धेरै वडा माग्नुभएको छ । निष्कर्षमा पुगेका छैनौँ । जहाँसम्म गठबन्धन हुन्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.