इमरान खानको सरकार ढलेपछि पाकिस्तानी सेयर बजार १४ सय अंकले बढ्यो

इमरान खानको सरकार ढलेपछि पाकिस्तानी सेयर बजार १४ सय अंकले बढ्यो

पाकिस्तान : इमरान खानको सरकार ढलेपछि पाकिस्तानी सेयर बजारमा उछाल आएको छ। केएसई (कराची स्टक एक्सचेन्ज) १०० विन्दुमा रहेको परिसूचक १४०० अंकले बढेको छ। सूचकमा तीव्र वृद्धि भएसँगै लगानीकर्ताहरु सेयर किनबेचमा व्यस्त छन्। धितोपत्र दलालका अनुसार मुलुकको पछिल्लो राजनीतिक अवस्थाले सेयर बजारमा सकारात्मक मोड लिएको हो। यो सँगै डलरको तुलनामा रुपैयाँ पनि मजबुत बन्दै गएको छ। कारोबार सुरुमै डलरको भाउ १.८३ रुपैयाँले घटेको छ।

पाकिस्तानको संसद्ले  आज  नयाँ प्रधानमन्त्री चयन गर्ने भएको छ। इमरान खानको सरकारले विश्वासको मत गुमाएपछि नयाँ प्रधानमन्त्री चयन गर्न अप्रिल ११ (सोमबार) का लागि मतदान हुनेछ। सर्वोच्च अदालतले यसअघि विपक्षी प्रायोजित अविश्वास प्रस्तावलाई खारेज गर्ने उपसभामुखको निर्णयलाई खारेज गरिदिएसँगै राष्ट्रिय सभामा उच्च राजनीतिक गतिरोधको अन्त्यका लागि  इमरान खान सरकारलाई सत्ताबाट हटाइएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.