भारतमा आइतबारदेखि केबुलकारमा फसेका मानिसको अझै उद्धार सकिएन : २ जनाको मृत्यु

भारतमा आइतबारदेखि केबुलकारमा फसेका मानिसको अझै उद्धार सकिएन : २ जनाको मृत्यु

नयाँ दिल्ली : भारतको झारखण्ड देवघर त्रिकुट पर्वतमा आइतबार साँझ ५ बजे केबलकार दुर्घटना भएको थियो। दुर्घटनामा  परेका ४८ जनामध्ये हालसम्म ४२ जनाको उद्धार गरिएको छ। त्यहाँ हालसम्म २ जनाको मृत्यु भएको छ। हाल उद्धार कार्य जारी  छ।

बाँकी फसेका मानिसलाई खाना र पानी ड्रोनमार्फत पुर्‍याइएको सञ्चारमाध्यममा उल्लेख छ। 

भारतको झारखण्ड देवघर त्रिकुट पर्वतमा रामनवमीमा पूजा गर्न र घुम्न सयौं मानिस गएका थिए। यसै क्रममा रोपवेबाट तल आइरहेको र माथि गइरहेको केवलकारको डब्बा ठोकिएको थियो। सो समय २ दर्जन जति केवलकारका डब्बा रोपवेमा थिए। घटनामा कयौं मानिसलाई सुरक्षित निकालियो।

घटनामा फसेका मानिसहरुको भारतीय इयरफोर्स, सेना, एनडीआरएफ आइटीबीपी र स्थानीय प्रशासनको टोलीले उद्धार जारी राखेको छ।   
 
रोपवेमा फसेका मानिसहरुको उद्धार गर्ने सोमबार दिनभर भएको थियो । माथि फसेका मानिसहरूलाई ड्रोनमार्फत खाना र पानी पठाइएको थियो। ट्रलीमा साना बच्चा, पुरुष र केही महिला फसेका छन्। साथै सो ठाउँमा गाइड र फोटोग्राफरहरु पनि फसेका  छन्।

दुर्घटनामा फसेका यात्रुको मंगलबार उद्धार हुँदै 

मंगलबार बिहान ६ बजेदेखि स्थानीय बासिन्दासहित भारतीय वायुसेना, आईटीबीपी र सेनाका जवान र एनडीआरएफको टोलीले उद्धार प्रयास गरिरहेका छन् । बिहानैदेखि १० जनाको सकुशल उद्धार गरिएको छ भने करिब ६ जना अझै  फसेका छन् ।

करिब ३८ घण्टाको पर्खाइपछि उनीहरुलाई रोपवेबाट सकुशल तल ल्याइएको हो । उद्धारपछि सबैलाई सदर अस्पताल लगिएको छ । वायुसेनाको टोलीले केबिनबाट अचेत अवस्थामा रहेका दुई जनाको उद्धार गरेको बताएको छ । अ

हिजोको दुर्घटनापछि उद्धारमा आज निकै सावधानी अपनाइएको छ । 

सोमबार साँझसम्म चलेको उद्दार अभियानमा ३२ जना पर्यटकको सकुशल उद्दार गरिएको थियो। सोही क्रममा दुम्काको शिकारीपाडा ब्लकका रमेशकुमार मण्डल सेफ्टी बेल्ट खुलेर करिब डेढ हजार मिटर तल खसेका थिए । साँझ ५ बजेर ५० मिनेटमा उद्दार गरिरहँदा सिपाहीको हातबाट उनको हात छुटेर उनी गहिरो खाडलमा खसेका थिए । उक्त दुर्घटना भएपछि अन्धकारका कारण हिजो उद्धार रोकिएको थियो । १५ जनाले दोस्रो रात पनि त्राशमा बिताए।

अहिलेसम्म दुई जनाको मृत्यु भएको छ । २१ यात्रु घाइते भएका छन् । एक महिलाको आइतबार नै मृत्यु भएको हो । सोमबार वायुसेनाको उद्धारका क्रममा उचाइबाट खसेर राकेशकुमार मण्डलको मृत्यु भएको थियो । 

यो दुर्घटनाको दोषीलाई कडाभन्दा कडा कारवाही गरिने झारखण्ड सरकारका मन्त्री हफिजुल हसनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.