भारतको आन्ध्र प्रदेशमा रेलले किचेर ६ जनाको मृत्यु

भारतको आन्ध्र प्रदेशमा रेलले किचेर ६ जनाको मृत्यु

नयाँ दिल्ली : आन्ध्र प्रदेशको श्रीकाकुलम जिल्लामा सोमबार  राति कोणार्क एक्सप्रेस रेलको ठक्करबाट छ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेहरु गुवाहाटी जाँदै गरेको सुपरफास्ट एक्सप्रेसका यात्रु रहेको प्रहरीले जनाएको छ । प्राविधिक गडबडीका कारण उनीहरुको रेल बटुवा गाउँ नजिकै रोकिएको थियो र उनीहरु सबै तल ट्र्याकमा खसेका थिए ।

अर्कोतर्फबाट आइरहेको कोणार्क एक्सप्रेसले यी ६ जनालाई कुल्चेर छाडेको थियो ।

सरकारी रेलवे पुलिस (जीआरपी) दुर्घटनास्थलमा पुगेर थप हताहती भएको छ कि छैन भनेर अनुसन्धान गरिरहेको छ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री वाईएस जगनमोहन रेड्डीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले जिल्ला प्रशासनलाई उद्धार कार्यमा जुट्न र घाइतेलाई सहयोग गर्न निर्देशन दिएका छन् । बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.