युक्रेनको मारिउपोलमा १० हजार सर्वसाधारण मारिएको मेयरको दावी

युक्रेनको मारिउपोलमा १० हजार सर्वसाधारण मारिएको मेयरको दावी

किभ : युक्रेनको मारिउपोलका मेयरले एसोसिएटेड प्रेस समाचार एजेन्सीलाई भने कि युद्ध सुरु भएदेखि नै सहरमा कम्तिमा १० हजार मानिस मारिएका छन्।

मेयर वेदिम बोयाशेन्कोले सोमबार सडक लाशहरूले भरिएको बताए।

मेयर युक्रेनको अज्ञात स्थानबाट बोल्दै थिए। उनले मारिउपोलमा अझै १ लाख २० हजार मानिस फसेको बताए । यी मानिसहरूलाई खाना, पानी र औषधिको तत्काल आवश्यकता भएको उनको भनाइ छ।

बोयसेन्कोले रुसी सैनिकहरूले शव सङ्कलन गरी ठूला किनमेल केन्द्रहरूमा रेफ्रिजरेटरमा भण्डारण गरेको रिपोर्ट पनि आफूसँग रहेको बताए।

'ट्रकको रूपमा मोबाइल शवदाहगृह घुमिरहेका छन्। त्यहाँ पाइपबाट यी शवहरू जलाइएको हुन्छन्', उनले भने। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.