‘झ्याले चोना’ गीत सार्वजनिक
काठमाडौं : नेस स्टुडियोले क्विक पाइरोसँगको सहकार्यमा नयाँ म्युजिक भिडियो ‘झ्याले चोना’ सार्वजनिक गरेको छ। क्विक पाइरो वाइवाइको नयाँ उत्पादन हो। ‘झ्याले चोना’ बृजेश र उज्जनको युगल गीत हो।
‘यो गीत नेपाली/नेवारीको मिश्रण ‘ओह मैचा’ को फलोअपको रूपमा चित्रण गर्न सकिन्छ’, बृजेश र उज्जनले भने, ‘हामी निकट भविष्यमै क्विक पाइरो र नेस स्टुडियोसँग थप सहकार्य गर्ने अभियानमा छौं।’
यस गीतले वाइवाइ क्विकको नयाँ उत्पादन ‘क्विक पाइरो’को ‘पाइरो’ शब्दलाई फिचर गर्दछ। ‘क्विक पाइरो’ वाइवाइको पछिल्लो उत्पादन भए पनि यो नेपालभर प्रख्यात छ। बाहिरबाट निर्यात गरिएका चाउचाउहरूभन्दा शुलभ मूल्यमा उपलब्ध यो चाउचाउ स्वादिलो, पिरो र रसिलो स्वाद भएकाले नेपालीहरूले निकै रुचाएका छन्।