श्रीलंका ५१ अर्ब डलर विदेशी ऋण तिर्न असफल

श्रीलंका ५१ अर्ब डलर विदेशी ऋण तिर्न असफल

कोलम्बो : आर्थिक संकट झेलिरहेको श्रीलंकाले मंगलबार ५१ अर्ब डलरको वैदेशिक ऋण चुक्ता गर्न असफल भएको बताएको छ । समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार श्रीलंकाले यस अवस्थामा अत्यावश्यक वस्तुको आयातका लागि विदेशी मुद्रा सकिएपछि यही नै अन्तिम उपाय भएको बताएको छ ।

श्रीलंकाले स्वतन्त्रता यताकै सबैभन्दा खराब आर्थिक अवस्थाको सामना गरिरहेको छ। खाद्यान्नदेखि इन्धनसम्म सबै सकिएको छ । श्रीलंकाको अर्थ मन्त्रालयले एक विज्ञप्ति निकालेको छ। 'विदेशी सरकारहरू सहित ऋणदाताहरू मङ्गलबारदेखि मूल रकममा ब्याज थप्न वा श्रीलंकाली मुद्रामा भुक्तानी लिन स्वतन्त्र छन्', विज्ञप्तिमा भनिएको छ, ‘सरकारले देशको आर्थिक अवस्था थप खस्किन नदिन आपतकालीन उपायका रूपमा यो अन्तिम कदम चालेको छ ।

 अर्थ मन्त्रालयले अन्तरराष्ट्रिय मुद्रा कोषको राहत प्याकेज कार्यान्वयन गर्नुअघि सबै ऋणदाता भुक्तानीमा चुकेको र यसमा कुनै भेदभाव नगरिएको पनि बताएको छ ।'

श्रीलंकाको आर्थिक संकटले देशका दुई करोड जनताको पीडा बढाएको छ, जहाँ सरकार विरोधी प्रदर्शनहरू हप्तादिनदेखि चलिरहेको छ।

 गत वर्ष अन्तर्राष्ट्रिय रेटिङ एजेन्सीहरूले श्रीलंकाको रेटिङ यसरी घटाएको थियो कि श्रीलंकाका लागि विदेशी पुँजी बजारबाट ऋण लिन लगभग असम्भव थियो।

 श्रीलंकाले भारत र चीनसँग आर्थिक सहायता मागेको थियो तर बदलामा दुवै देशले आवश्यक सामाग्री ऋण दिने प्रस्ताव राखेका थिए । बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.