एमालेबाट  लक्ष्मिनियाँ गाउँपालिकाको अध्यक्षमा शम्भु साहसहित तीनजनाको नाम सिफारिस

एमालेबाट  लक्ष्मिनियाँ गाउँपालिकाको अध्यक्षमा शम्भु साहसहित तीनजनाको नाम सिफारिस

जनकपुरधाम : लक्ष्मीनियाँ गाउँपालिकाको एमालेबाट पालिका अध्यक्षमा शम्भु साहसहित तीनजनाको नाम सिफारिस भएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका अध्यक्षमा एमालेको तर्फबाट युवा नेता शम्भु साहसहित तीन जनाको दाबी परेको छ । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य समेत रहेका साहसहित अन्य दुईजनाको नाम सिफारिस गरिएको हो ।

सोमबार बसेको नेकपा एमालेको गाउँपालिका कमिटी बैठकमा साहसहित दिनेश यादव र  अजय यादवले अध्यक्षको उम्मेदवारी दाबी गरेको जिल्ला अध्यक्ष राजकिशोर यादवले जानकारी दिए । गाउँपालिकामा तीनैजनाले आ–आफ्नो दाबी पेश गरेपछि जिल्ला पार्टीबाट तीनै जनाको नाम सिफारिस गरी पठाइएको हो ।

साहले विगतमा पार्टीमाथि चौतर्फी घेराबन्दी भएको बेलमा पार्टी बचाउने अभियानमा लागेको कारण नेता कार्यकर्ताको माया आफूप्रति रहेकाले आफ्नो पक्षमा सहमति भए निर्वाचनमा विजयी हुने दाबी गरे । पार्टीले गर्ने जस्तोसुकै निर्णय पनि आफूलाई स्वीकार्य भएको उनले बताए । साह एमालेमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि वरिष्ठ उपाध्यक्ष शंकर पोखरेलसम्म राम्रो पकड भएको नेता मानिन्छ ।

यसैगरी उपाध्यक्षको उम्मेदवारीको लागि भोलि यादव, रीना साह र कौशल्या यादवको नाम सिफारिस भएको छ । सिफारिस गरिएकामध्ये भोलि यादव गएको स्थानीय तह निर्वाचनमा झिनो मतले पराजित भएका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.