युक्रेनी सेनाले रुस समर्थक राजनीतिज्ञलाई पक्राउ गर्यो
किभ : युक्रेनी सेनाले देशका चर्चित रुसी समर्थक राजनीतिज्ञलाई पक्राउ गरेको छ। विपक्षी नेता भिक्टर देशद्रोहको आशंकामा केही दिनदेखि घरमै नजरबन्दमा थिए तर रुस युक्रेनमा प्रवेश गरेपछि उनी भागेका थिए।
मेदवेदचुक युक्रेनका सबैभन्दा धनी व्यक्ति हुन् र उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नजिक मानिन्छन्। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफूले बन्दी बनाएका युक्रेनीहरूलाई रिहा गरे रुसले मेदवेदचुकलाई रिहा गर्ने बताए।
'यदि मेदवेदचुकले वर्दी लगाउन छनौट गरे भने उनलाई युद्धको नियम अन्तर्गत कारबाही हुनेछ,' जेलेन्स्कीले भने। उनलेले यदि रूसले युक्रेनी कैदीहरूलाई रिहा गरेमा मेदवेदचुकलाई रिहा गर्न सक्ने पनि बताए। बीबीसी