न्यूयोर्कको ब्रुकलिन सबवे स्टेशनमा गोलीबारी, कम्तीमा २० जना घाइते

न्यूयोर्कको ब्रुकलिन सबवे स्टेशनमा गोलीबारी, कम्तीमा २० जना घाइते

वासिङटन डिसी : अमेरिकाको न्युयोर्कको एक सबवे स्टेसनमा भएको गोलीबारीमा कम्तीमा २० जना घाइते भएका छन्।  स्थानीय मिडियाका अनुसार सनसेट पार्कको ३६ वे स्ट्रिटमा स्थानीय समयअनुसार मंगलबार बिहान ८:३० बजे गोली हानाहान भएको हो।

घटनास्थलमा खिचिएका तस्बिरमा स्टेसनमा यात्रु रगतले लतपतिएका देखिन्छन्।  सम्भावित आक्रमणकारीको खोजी भइहरेको छ। आक्रमणकारीको पहिचानको बारेमा प्रत्यक्षदर्शीले बताएअनुसार प्रहरीले उनीहरुको सम्भावित तस्बिर जारी गरेको छ।

आक्रमणकारीको उद्देश्यको बारेमा अहिलेसम्म जानकारी भइसकेको छैन। प्रहरीका अनुसार बिहान भीडभाडको समयमा आक्रमणकारीले 'स्मोक बम' फालेका थिए। त्यसपछि मानिसहरूमाथि गोली प्रहार गरे। मानिसहरुमा भागदौड मच्चिएको थियो। 

यो घटनामा १० जनालाई गोली लागेको छ। ५ जनाको अवस्था गम्भीर छ। अन्य मानिस धुवाँ र भागदौडका कारण घाइते भएका छन्। न्यूयोर्कका मेयर एरिक एडम्सका प्रवक्ताले न्यु योर्कवासीहरूलाई आफ्नो सुरक्षाको लागि यस क्षेत्रबाट टाढा रहन आग्रह गरेका छन्।  

घटनास्थलमा रहेका प्रत्यक्षदर्शी  साम कार्कामोले भने, 'मेरो ट्रेनको ढोका विपत्तिको लागि खोलियो। जताततै धुवाँ थियो र मानिसहरू चिच्याइरहेका थिए।' ढोका खोल्ने बित्तिकै ट्रेनबाट धुवाँको मुस्लो निस्कन थालेको उनले बताए ।
 
प्रहरीले स्टेशन भित्र कुनै सक्रिय विस्फोटक पदार्थ नभेटिएको जनाएको छ । यद्यपि यसअघि त्यहाँ सक्रिय विस्फोटक पदार्थ फेला परेको खबर आएको थियो । राष्ट्रपति जो बाइडेन र महान्यायाधिवक्ता मेरिक गारल्याण्डलाई घटनाबारे जानकारी गराइएको छ।

पछिल्ला दुई वर्षमा अमेरिकाका धेरै सहरहरूमा बन्दुकबाट हुने हिंसामा उल्लेखनीय वृद्धि भएको छ।  

गोलीकाण्डमा संलग्न भएको आरोपमा न्यूयोर्क शहर प्रहरीले एक संदिग्ध व्यक्तिको परिचय खुलाएको छ । प्रहरीले आक्रमणको सम्बन्धमा ६२ वर्षीय फ्रान्क आर जेम्सको खोजी गरिरहेको बताएको छ किनभने उनले यु-हल भ्यान भाडामा लिएका थिए जुन गोलीबारीसँग जोडिएको हुन सक्छ।

प्रहरीले सबवेबाट आक्रमण भएको स्थानमा कारको चाबी फेला पारेको छ ।

अब न्युयोर्क प्रहरी विभागका प्रमुख जेम्स एसिगले भने, 'घटनाको रेलसँग कुनै सम्बन्ध छ कि छैन भनेर पत्ता लगाउन प्रयास गरिरहेका छौं।' प्रहरीले यस विषयमा कुनै जानकारी भए जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ । बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.