ओखलढुंगाको बान्द्रेभीरमा जीप दुर्घटना, २ को मृत्यु, ७ जना घाइते

ओखलढुंगाको बान्द्रेभीरमा जीप दुर्घटना, २ को मृत्यु, ७ जना घाइते

ओखलढुंगा : मानेभन्ज्याङ गाउँपालिका ६ र ७ को सीमानामा पर्ने हिलेपानी नजिकै बान्द्रेभीरमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइते ७ मध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा पर्ने सबै सोलुखुम्बुबाट प्रदेश १ स्थित विराटनगर हिँडेका प्रहरीहरु रहेको जनाइएको छ ।

घटनाको पूर्ण विवरण आउन समय लाग्ने घटनास्थलमै रहेका जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी सुकदेव खनालले बताए । उनले आफू उद्धार कार्यमा व्यस्त रहेकोले बाँकी विवरण आउन समय लाग्ने बताए । गम्भीर घाइतेहरुलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.