भारतमा आन्ध्र प्रदेशको एक कारखानामा आगलागी, ६ जनाको मृत्यु

भारतमा आन्ध्र प्रदेशको एक कारखानामा आगलागी, ६ जनाको मृत्यु

नयाँ दिल्ली : भारतमा आन्ध्र प्रदेशको इलुरु जिल्लाको अक्किरेड्डीगुडेममा रहेको एक रासायनिक कारखानामा आगलागी भएको छ। आगलागीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

घाइतेहरुको विजयवाडाको सरकारी अस्पतालमा उपचार भइरहेको इलुरुका प्रहरी उपरीक्षक देव शर्माले बताए ।

पोलिमर पावर उत्पादन गर्ने प्लान्टको रिएक्टरमा बुधबार राति आगलागी भएको आशंका गरिएको उनले बताए । नाइट्रिक एसिड, मोनोमिथाइल चुहिएपछि आगो लागेको थियो भने धेरै कामदार त्यसमा फसेका थिए ।

समाचार एजेन्सी पीटीआईका अनुसार सरकारी अस्पतालका डाक्टरले घाइते चार जनाको अवस्था चिन्ताजनक रहेको बताए ।

यस क्रममा मुख्यमन्त्री वाईएस जगनमोहन रेड्डीले यस घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले मृतकका आफन्तलाई २५ लाख, गम्भीर घाइतेलाई ५ लाख र सामान्य घाइतेलाई २ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.