आज आलिया र रणवीरको विवाह हुँदै

आज आलिया र रणवीरको विवाह हुँदै

नयाँ दिल्ली : आलिया भट्ट र रणवीर कपुर आज विवाह गर्दै छन्। उनीहरुका फ्यानलाई यो खबरले निकै खुसी बनाएको छ। रणवीर र आलिया लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका थिए। फ्यानहरु यो जोडीको बिहेको प्रतिक्षामा थिए । 

रणवीर–आलियाको बिहेको बारेमा दुबै परिवारले कुरा गोप्य राख्ने प्रयास गरेका थिए। विवाह कहिले हुँदैछ भनेर उनीहरु र उनीहरुका परिवारलाई प्रायः सोधिन्थ्यो ।

कयौं पटक दुबैको बिहेको झुटो खबर पनि बाहिर आएको थियो । केही समयदेखि उनीहरुको विवाहको चर्चा चलिरहेको थियो तर मितिलाई लिएर धेरै अड्कलबाजी गरिएको थियो । कहिले दुबैको बिहे १५ अप्रिलमा हुने भनिएको थियो भने कहिले १७ वा २० अप्रिलको मितिमा हुने कुरा आएको थियो । तर हिजो १३ अप्रिलमा सार्वजनिक भएका तस्विरहरुबाट रणवीर र आलियाको आज अर्थात १४ अप्रिलमा विवाह हुने कुरा स्पष्ट भएको छ । एबीपी न्युज


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.