वर्षमा एकपटक फूल्ने फूल हेर्न लाखौंको घुइँचो [फोटो फिचर]

वर्षमा एकपटक फूल्ने फूल हेर्न लाखौंको घुइँचो [फोटो फिचर]

सिरहा : पूर्व-पश्चिम लोकमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका-१२ भोटियाटोल चौकदेखि करिब डेढ किलोमिटर दक्षिणमा पर्छ, १० विघा क्षेत्रफलमा फैलिएको सल्हेश फूलबारी। जहाँ अनेकौं थरिका बोट विरुवा छन्। तीमध्ये हारमको दुई वटा रुख पनि छ। जसमा हरेक नयाँ वर्षको पहिलो दिन सुनाखरी (चाँदीगाभा) फूल फूल्छन्। त्यही फूल हेर्न यहाँ वैशाख १ गते घुइँचो लाग्ने गर्छ।

सुनाखरी फूल फूल्ने हारमको रुख नजिकै प्रतिमासहित मालिनीहरुको मन्दिर छ। त्यसको पचास मिटर दक्षिणमा सल्हेशको मन्दिर छ। यो फूलबारीको कथा चौधौं शताब्दीका लोकनायक राजा सल्हेश र उनका प्रेमीका मालिनीहरुको (रेशमा, कुशमा र दौना) गाथासँग जोडिएको जनविश्वास छ।

तत्कालीन समयमा सिरहा सदरमुकामलाई महिसोथा गढ राज्य भनिन्थ्यो। त्यहीको राज्यको राजा थिए, सल्हेश। उनी आफ्नो राज्यबाट आएर मानिक दहमा स्नान गर्ने, फूलबारीमा फूल लिने, सिल्हट अखाडामा कुस्ती खेल्ने फेरी सल्हेश गढमा गएर कूलदेवी देवतालाई पूजा गर्ने कथन छ।

फूलबारी मालिनीहरुको थियो। उनीहरु तत्कालीन समयका मोरङ राज्यको हिनपैत माइलका छोहरुहरु हुन्। फूलबारी नजिकै सल्हेशले कुस्ती खेल्ने अखाडा थियो। मालिनीहरुले सल्हेशलाई प्रत्येक दिन फूल अर्पण गर्थिन्। त्यही क्रममा मालिनीहरुले लोककल्याणमा लागेका राजा सल्हेशसँग एकतर्फी प्रेम गर्न थाल्छिन्। विहे गरेपनि सल्हेश नगरेपनि सल्हेशजस्तो मालिनीहरुले प्रतिज्ञा गरेको हुन्थिन्। उनीहरुको विह भए-नभएको अझैसम्म कुनै दस्तावेजमा उल्लेख भएको देखिँदैन। सल्हेशलाई फूल अर्पण गर्ने दिनको सम्झनामा यो फूल फूल्ने गरेको भनाइ छ।

प्रत्येक वर्ष वैशाख १ गते फूलबारी मेला भर्न आउनेहरुले फूल फूल्ने रुखलाई पनि पूजा गर्छन्। यही फूल मालिनीले सल्हेशलाई दिने गरेको किबदन्ती छ। ‘सल्हेश र मालिनीहरुबीचको प्रेम प्रगाढ थियो। यो फूल फूल्ने उनीहरुकै प्रेमको प्रतिक हो भन्ने जनविश्वास छ,’ पूजारी जितेन्द्र धामी दनुवारले भने, ‘फूलबारीमा अनेकौं रुखहरु भए पनि माला आकारको ती फूलहरु मालिनीको गहबर छेउमा एउटै जराबाट निस्केको दुई वटा रुखमा मात्र देखिने गरेको छ।’

त्यही फूलको रुपमा सल्हेश र मालिनी प्रत्येक वैशाख १ गते स्वयं प्रकट हुने गरेको जनविश्वासले फूल हेर्न घुइँचो लाग्ने गरेको छ। फूल हेर्न सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही तथा भारत उतरविहारका दरभंगा, मोतिहारी, समस्तीपुर, मधुवनी, सितामढी, वेगुसराय, मुझपरपुर, पटना र बैशाली स्थानहरुबाट गाउँहरुबाट सर्वसाधारणहरु आउने गर्छन्।

यस वर्ष पनि एक दिन अघिदेखि नै भारतबाट श्रद्धालुहरु फूलबारी आइसकेका छन्। उनीहरु फूलबारी एकरात बास बस्ने र बैशाख १ गते फूल हेरेर घर फर्किने गर्छन्। भारत मोतिहारीका रविशंकर पासमानका अनुसार सल्हेश पासमान जातिको कूल देवता भएकाले आफूहरु वर्षौदेखि यहाँ पूजा गर्न आउने गरेका छौं।

मेला भर्न आएकाहरुले मनोकामना पूरा गराउन अनेक थरिका भाकल गर्ने गरेका छन्। निसन्तानहरु सन्तान प्राप्तिका लागि, दीर्घरोगीहरू सुस्वास्थ्य र मनोकामना पूरा गर्न सलहेसको पूजा गर्छन्। भाकल पूरा भएपछि सलहेसलाई बोकापाठीको बलि दिने र कागजको छाता (झाप) चढाउने परम्परा छ।

यहाँ जस्तै सल्हेशको गाथा जोडिएको सिरहा सदरमुकामस्थित महिसोथागढ, लहान नगरपालिका-१८ स्थित पकडिया गढ, २० नम्बर वडास्थित ब्राम्हण गोर्छारी, २४ नम्बर वडास्थित मानिक दह र लक्ष्मीपुरपतारी गाउँपालिकास्थित पतारी पोखरीमा सँगसँगै मेला आयोजना हुने गरेको छ। ती स्थानहरुमा राजा सल्हेशलगायत उनको गाथासँग जोडिएका पात्रहरूको हात्तीमा सवार मूर्तिहरु देख्न पाइन्छ।

अध्ययनले यस्तो भन्छ

वनस्पति विभागले अध्ययन गरेरे सन् २०१६ मा एउटा पुस्तक प्रकाशन गरेको छ। जसमा सल्हेश फूलबारीमा पाइने हरेक बोट विरुवाको बारेमा उल्लेख गरिएको छ। डेन्ड्रोवियम एफाइलम नामक सुनाखरी रुख एवं हाँगामा टाँसिएर रहेको हुन्छ। नेपालको पूर्व र मध्यभागमा समुन्द्री सतहबाट १५ सय मिटर सम्मको उचाइमा यो अर्किड प्रजातिको उपस्थिति रहेको पाइन्छ। देख्नमा अति नै सुन्दर फूल चैतको अन्तिम हप्तादेखि बैशाखको आधाआधीसम्म फूल्छ। यस वर्ष पनि चैत २८ गतेदेखि नै फूल्न सुरु भइसकेको थिए। शोभनीयरुपमा विश्वभर एवं नेपालमा यसको ठूलो महत्व रहिआएको छ भने यसको काण्डबाट विभिन्न किसिमका शक्तिबर्द्धक र कोषीय अंगको वृद्धि हुने खालका औषधिहरु बनाइन्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.