मानवअधिकार उल्लंघनमा अमेरिकालाई भारतको जवाफ : हामीसँग पनि यूएसविरुद्ध प्रमाण छ

मानवअधिकार उल्लंघनमा अमेरिकालाई भारतको जवाफ : हामीसँग पनि यूएसविरुद्ध प्रमाण छ

काठमाडौं : भारतले मानवअधिकार उल्लंघन मुद्दामा अमेरिकालाई जवाफ दिएको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले टु प्लस टु वार्तापछि सोमबार वाशिंटनमा भारतका विदेश र रक्षामन्त्रीसँगको संयुक्त पत्रकार सम्मेलनमा अमेरिकाले भारतमा मानवअधिकार उल्लंघनका घटना नियालिरहेको बताएका थिए। ‘भारतमा केही राज्य सरकार, प्रहरी र जेल अधिकारीहरुबाट मानवअधिकार उल्लंघनका घटनामाथि हाम्रो नजर छ,’ उनले भनेका थिए।

यसमा बुधबार वाशिंटन डिसीमै पत्रकार सम्मेलन गरेर भारतीय विदेशमन्त्री एस जयशंकरले जवाफ फर्काएका हुन्। उनले टु प्लस टु वार्तामा यसबारे चर्चा नभएको उल्लेख गर्दै भारतको बारेमा कुनै पनि व्यक्तिले बोल्ने, विचार राख्न पाउने अधिकार भएको बताए। तर आफूहरु यो मानवअधिकार मामिलामा चुप नबस्ने उनको भनाइ छ।

‘अन्य देशको मानवअधिकार अवस्थाबारे हाम्रो पनि राय छ। खासगरी यसको सम्बन्ध जब हाम्रो समुदायसँग हुन्छ। अमेरिकासहित बाँकी देशहरुको मानवअधिकार स्थितिलाई लिएर हामीसँग पनि भन्ने ठाउँ छ। बोल्ने प्रमाण छ,’ जयशंकरले भने।  

भारतको मध्यप्रदेशस्थित खरगोन जिल्लाको हिंसाका अभियुक्तको घर प्रशासनले डोजर लगाएर भत्काएको, रामनवमीका अवसरमा कयौं राज्यमा हिंसा र आगजनीका घटनामा मुद्दा दर्तामा मानवअधिकारको प्रश्न उठेको हो।

त्यसैगरी क्यानडाका सत्ता साझेदार दल न्यू डेमोक्रेटिक पार्टीका भारतीय मूलका नेता जगमीत सिंहले भारतमा मुसलमानविरोधी भावना बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले मुसलमान विरोधी भावना नियन्त्रण गर्न मोदी सरकारलाई आग्रह गरेको बीबीसी हिन्दीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.