फिलिपिन्समा बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या ११५ पुग्यो
मनिला : फिलिपिन्समा बाढी र पहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या ११५ पुगेको छ। उद्धारकर्ताहरूले पहिरोको कारण माटोमा पुरिएका थप शव निकालेको सरकारी अधिकारीहरुले बताएका छन्।
शक्तिशाली आँधीका कारण लेयटको मध्य प्रान्तको बेबे सहर वरपरका गाउँहरूमा थुप्रैको ज्यान गएको बताइएको छ। त्यसको पुष्टि भने हुन सकेको छैन।
शक्तिशाली आँधी र धेरै दिनदेखि जारी वर्षाका कारण दश हजार बढी नागरिक विस्थापित भएका छन्। कैयौं मानिसहरू अझै हराइरहेका छन्। हराइरहेकाहरुको खोजीकार्य तीव्रा पारिएको सरकारी अधिकारीले उल्लेख गरेका छन्।