रुस युक्रेन युद्धको असर कम गर्न संयुक्त राष्ट्रसंघको आग्रह

रुस युक्रेन युद्धको असर कम गर्न संयुक्त राष्ट्रसंघको आग्रह

वासिङटन डिसी :  संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले रुस र युक्रेन युद्धका कारण संसारमा उत्पन्न भएका विभिन्न असरहरु घटाउने काममा लाग्न आग्रह गरेका छन्। उनले हाल विश्वमा रुस र युक्रेनको युद्धका कारण विभिन्न क्षेत्रमा असर परिरहेको र त्यसलाई कम गर्ने पक्षमा विश्वका नागरिकहरु लाग्नुपर्ने अवस्था रहेको बताए।

उनले हाल यी दुई देशको युद्धका कारण खासगरी खाद्यान्न, इन्धन तथा वित्त प्रणालीमा असर परिरहेको बताए । यी दुई देशको युद्धका संसारका विशेषगरी विकासशील देशहरुमा धेरै असर परिरहेको छ । कतिपय स्थानमा यसको प्रत्यक्ष असर परेको र अन्य कतिपय स्थानमा युद्धको असर सिर्जना गरिएको उनले बताए ।

महासचिव गुटर्रेसले संसारका कतिपय देशहरुमा रुस युक्रेन युद्धका कारण असर गरिरहेकाले त्यसलाई कम गर्नका लागि विश्वव्यापी रुपमा प्रयास हुनु जरुरी रहेकोमा जोड दिएका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.