युक्रेनमा उच्चस्तरीय अधिकारी पठाइने :  बाइडेन

युक्रेनमा उच्चस्तरीय अधिकारी पठाइने :  बाइडेन

वासिङटन डिसी : अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट गर्न अमेरिकाबाट उच्चस्तरीय अधिकारी युक्रेन पठाउने विचार गरिरहेको बताए। त्यो अधिकारी बाइडेन आफैं पनि हुन सक्छन्।

अमेरिकी राष्ट्रपति बाइडेनलाई युक्रेन भ्रमणबारे प्रश्न सोधिएको थियो। यसबारे उनले भने, ‘हामीले यो निर्णय लिइरहेका छौं।' आफू जान तयार हुनुहुन्छ कि भनेर सोध्दा उनले 'छु' भने।

राष्ट्रपति बाइडेनको टिप्पणी पछि, व्हाइट हाउसका एक अधिकारीले भने अमेरिकी राष्ट्रपतिलाई युक्रेन पठाउने कुनै योजना नरहेको बताए।

रुस–युक्रेन युद्ध सुरु भएपछि युक्रेनको छिमेकी राष्ट्र पोल्याण्डको भ्रमणमा  जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस पुगेका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार विदेशमन्त्री एन्टोनी ब्लिन्केन वा रक्षामन्त्री लोयड अस्टिनले युक्रेनको भ्रमण गर्ने सम्भावना छ।

धेरै युरोपेली नेताहरूले राष्ट्रपति जेलेन्स्कीसँग कुरा गरेका छन्। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि गत हप्ता युक्रेनको भ्रमण गरेका थिए। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.