ट्विटर किन्ने प्रयास सफल हुन्छ कि हुँदैन थाहा छैन : एलन मस्क

ट्विटर किन्ने प्रयास सफल हुन्छ कि हुँदैन थाहा छैन : एलन मस्क

भ्यानकुभर​ : टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कले ट्वीटर किन्ने आफ्नो प्रयास सफल हुन्छ कि हुँदैन भन्नेमा आफू निश्चित नभएको बताए। क्यानडाको भ्यानकुभरमा आयोजित 'टेड २०२२; सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

मस्कले ट्वीटरले उनको प्रस्ताव अस्वीकार गरेमा आफूसँग ‘प्लान बी’ रहेको पनि बताए। तर, उनले आफ्नो योजनाबारे केही बताएनन् ।

उक्त कार्यक्रममा उनले ट्वीटरलाई अझ ‘ओपन’ र ‘पारदर्शी’ बन्न आवश्यक रहेको बताए । उनले भने, ' ट्वीटर अभिव्यक्ति स्वतन्त्रताको सन्दर्भमा समावेशी हुनुपर्छ।'

एलन मस्कले ट्वीटर किन्न करिब ४० अर्ब डलरको अफर गरेको खबर बाहिरिएपछि उनको यो बयान आएको हो । मस्कले ट्वीटरको सेयरको बदलामा ५४.२० डलर अफर गरेका छन् ।

यसपछि, ट्विटरका सीईओ पराग अग्रवालले बिहीबार आफ्ना कर्मचारीहरूलाई आफ्नो कम्पनीले प्रस्तावको मूल्याङ्कन गरिरहेको बताए। रिपोर्टका अनुसार अग्रवालले कर्मचारीहरूसँगको बैठकमा ट्वीटरलाई यस अफरको बन्धकमा नराखिएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.