इलाममा सडक महोत्सव

इलाममा सडक महोत्सव

इलाम : तेस्रो सूर्योदय महोत्सवमा पारखीहरुको आकर्षण स्थानीय कृषि उत्पादन र घरेलु सामग्रीमा देखिएको छ। मेची राजमार्गको फिक्कल बजार खण्डमा लागेको महोत्सवमा स्थानीय दुग्ध, कृषि र घरेलु उद्योगमा उत्पादन गरेका कपडा, पुस्प स्टलहरुमा आगन्तुकहरुको आकर्षण देखिएको थियो।
 
वैशाख १ देखि सुरु भएको दुई दिने महोत्सवमा कलाकार रोसन गुरुङ, निन्छमा राई, मन्त्र व्याण्डलगायतका कलाकारले गित प्रस्तुत गरेको आयोजक संस्थाका सचिव युवराज प्रधानले जानकारी दिए।

 
महोत्सवको उद्घाटन गर्दै प्रदेश नं १ का पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बूले पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवर्द्धनका काममा १ नम्बर प्रदेश सरकार प्रतिवद्ध रहेको बताए।

सूर्योदय होटल व्यवसायी संघ र आयम यूनाइटेड क्लब फिक्कलको संयुक्त आयोजनामा नयाँ वर्षसँगै सुरु भएको तेस्रो सूर्योदय सडक महोत्सव २०७९ को उद्घाटन गर्दै मन्त्री लिम्बूले इलाममा पर्यटकीयस्थलहरु धेरै रहेकाले पूर्वाधार निर्माणमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताएकी हुन्। कोभिड–१९ ले थलिएको पर्यटन क्षेत्रलाई उकास्न, पर्यटन प्रवर्द्धन र विकासका लागि प्रदेश सरकार र आफ्नो मन्त्रालय योजनाबद्ध तरिकाले अघि बढ्ने बताइन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.