जुलाई १ देखि पंजाबमा घरेलु उपभोक्तालाई ३०० युनिट बिजुली निःशुल्क दिने

जुलाई १ देखि पंजाबमा घरेलु उपभोक्तालाई ३०० युनिट बिजुली निःशुल्क  दिने

पञ्जाब : पञ्जाबको आम आदमी पार्टी सरकारले जुलाई १ देखि घरेलु उपभोक्तालाई ३०० युनिट निःशुल्क बिजुली दिने घोषणा गरेको छ । राज्यका मुख्यमन्त्री भगवन्त मानले शनिबार यसको आधिकारिक घोषणा गर्ने छन्। 

आम आदमी पार्टी सरकारले ‘३० दिन रिपोर्ट कार्ड’ शीर्षकमा यो विज्ञापन प्रकाशित गरेको छ ।

राज्यमा आम आदमी पार्टीको सरकार गठन भएको एक महिना पूरा भएको छ । यस अवधिमा सरकारले के–के काम गरेको छ भन्ने जानकारी दिने गरी सरकारले पत्रिकामा विज्ञापन प्रकाशित गरेको छ ।

विज्ञापनमा साउन १ गतेदेखि तीन सय युनिट नि:शुल्क बिजुली बाहेक घरघरमा राशन वितरण र २५ हजार नयाँ सरकारी जागिर दिने घोषणा गरिएको छ । पञ्जाब सरकारले ३५ हजार करारमा आधारित कामदारलाई नियमित गर्ने वाचा गरेको छ । बीबीसी
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.