रुसले परमाणु हमला गर्न सक्ने जेलेन्स्कीको चेतावनी

रुसले परमाणु हमला गर्न सक्ने जेलेन्स्कीको चेतावनी

किभ : युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनमा रसियाले आणविक आक्रमण गर्न सक्ने भएकोले यसका लागि विश्व तयार हुनुपर्ने बताए। अमेरिकी टिभी च्यानल सीएनएनलाई दिएको अन्तर्वार्तामा जेलेन्स्कीले सीआईए निर्देशकले हालै गरेको टिप्पणीप्रति आफू चिन्तित भएको बताए ।

सीआईए निर्देशकले बिहीबार रूसले आफ्नो आक्रमणको क्रममा रणनीतिक आणविक हतियार प्रयोग गर्न सक्ने बताएका थिए।  जेलेन्स्कीले भने, ' मेरोमात्र नभएर यो कुरा विश्वका सबै देशको चिन्ताको विषय बन्न सक्छ। सीआईए निर्देशकले भनेको कुरा वास्तविक जानकारी नहुन सक्छ तर यो सत्य पनि हुन सक्छ।'

उनले भने, ‘हामी डराउनु हुँदैन तर तयार हुनुपर्छ। यो युक्रेनको लागि मात्र प्रश्न होइन, म सारा विश्वको लागि सोच्छु।'

गत महिना, क्रेमलिनका प्रवक्ताले रूसले आफ्नो अस्तित्व खतरामा पर्दा मात्र आणविक हतियारहरूको सहारा लिने बताएका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.