उदयपुरका ईतिहासकार डा. राईको सम्झनामा शालिक र पार्क

उदयपुरका ईतिहासकार डा. राईको सम्झनामा शालिक र पार्क

उदयपुर : उदयपुरका ईतिहासकार स्वर्गिय डाक्टर रणशेर राईको सम्झना तथा सम्मानस्वरुप शालिक र पार्क निर्माण गरिएको छ। सदरमुकाम सार्नेदेखि लिएर व्यवस्थित शहर, बसोबास, शिक्षा, स्वास्थ क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेका राईको स्मृतिमा त्रियुगा नगरपालिका, वडा कार्यालय र आफन्तको सहयोगमा परिवारका सदस्यले शालिक निर्माण गरेका हुन्।

त्रियुगा नगरपालिका-१० स्थायीघर भएका राईको सम्झनामा वडा नं ११ चप्पनमा १० लाखको लागतमा शालिक र पार्क निर्माण गरिएको हो। किराँतीहरुको दाहसंस्कारका लागि २०२३ सालमा उनकै नेतृत्वमा जग्गा ओगटेका कारण उक्त समाधि स्थललाई किराँत राई यायोख्खा जिल्ला कमिटीले डाक्टर राई खोरिया समाधिस्थल नामांकरण गरेको हो। 

पार्क तथा समाधिस्थललाई भविष्यमा पर्यटकिय गन्तव्यकोरुपमा विकास गर्ने गरी गोर्खा पार्क बनाउने लक्ष्य रहेको डा. राई स्मृति फाउण्डेसनका अध्यक्ष महेन्द्रकुमार राईले बताए। यसकासाथै मुन्धुमी बाटो (ट्रायल रेस), बालबालिकादेखि, बृद्धासम्मलाई आकर्षित गर्ने गरी त्यहीँ किसिमका संरचनाहरु निर्माण गर्ने तयारी रहेको उनले बताए।

 
‘बृहत्तर लक्ष्यकासाथ गुरुयोजना बनाउने तयारीमा छौ,’ उनले भने, ‘डा. रणशेर राईले खोटाङ्ग, सोलु, भोजपुर, ओखलढुंगा र उदयपुरको भूगोलमा पुर्याएको योगदान झल्कने गरी संरचना निर्माण र अध्ययनस्थल बनाईने छ।’ राई बहुआयामिक व्यक्ति भएकाले उनले हिजो पुर्याएको योगदानलाई चित्रण गर्दै राज्यले सम्मान गर्नुपर्ने राईका सहकर्मी लोकमणी दाहाल बताउँछन्।
 
उनी भन्छन्, ‘शालिक र पार्क मात्र हैन् उनी उदयपुरको विकासका लागि एउटा महान व्यक्ति हुन् त्यसलै इतिहासमा लिपीबद्ध गर्नुपर्छ।’ नवनिर्मित शालिक र पार्कको अनावरण गर्दै त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले स्वर्गिय राई उदयपुरको इतिहासकार रहेको बताए।
 
उनले उदयपुरगढीमा रहेको सदरमुकाम २०२८ सालमा त्रियुगा नगरपालिका १० मा सार्नेदेखि लिएर, सोही ठाउँमा बस्ति बसाउन र बालबालिकाको शिक्षा क्षेत्रको सुनिश्चितताका लागि बिद्यालय सञ्चालन गर्न राईको उल्लेखिय योगदान रहेको बताए। उनले गरिव दुःखी जनताका सहारा बनेका राईले स्वास्थ्यको क्षेत्रमासमेत योगदान पुर्याएको चर्चा गरे। 

सोही अवसरमा डा. राई स्मृति फाउण्डेसन र गोर्खा सिमेट्रीज ट्रष्ट निर्माण प्रालीले शालिक निर्माण स्थलमा नै कार्यक्रमको आयोजना गरी सहयोगदाता, आफन्त, संघसंस्था, डा. राईले स्थापना गरको विद्यालयका शिक्षक, समकक्षी, जग्गादातालाई सम्मान गरिएको थियो। 

सम्मानितहुनेमा खोटाङको हलेसी धितुङ पन्थेमा वुलापन्थे माध्यमिक विद्यालयका पूर्व प्रअ होमनाथ दाहाल, लोकमणि दाहाल, टंकनाथ दाहाल, पूर्वविद्यार्थी तथा मानार्थ सेनानी खड्गबहादुर राई, उद्धवप्रसाद दाहाल रहेका छन्। त्यसैगरी दोस्रो विश्वयुद्धका योद्धा त्रियुगा नगरपालिका ५ का मनिराज थुलुङ्गलाई अभिनन्दन गरिएको थियो।
 
को हुन डा. राई 
विस १९८२ फागुन २३ गते खोटाङ्गको हलेसी धितुङ्गपन्थेमा वुवा वजीरध्वज र आमा कृतिलक्ष्मी राईको कोखबाट जन्मिएका राई २००१ मा वृट्रिस आर्मीमा भर्ति भए। २०१० सालसम्म सेवामा रहँदा युद्धकाक्रममा हङकङ, मलेसिया, सिंगापुर र इन्डोनेसिया पुगेका थिए। वृट्रिस आर्मीमा कार्यरतहुँदा एलएमपी पास हालको मेडिकलमा पिएचडी गरेका छोरी तथा जिल्ला समन्वय समितिका उपप्रमुख गंगा राई बताउँछिन्। 

गाउँ फर्किएसँगै २०११ सालमा खोटाङको हलेसी धितुङ पन्थेमा वुलापन्थे प्राथामिक विद्यालय स्थापना गरेका थिए। हाल उक्त विद्यालयमा कक्षा १२ सम्म अध्यापन गराईन्छ। उनी २०११ देखि २०२० सम्म भोजपुर, खोटाङ्ग, सोलु, ओखलढुंगा जिल्लाका बिरामीलाई उपचारमा निरन्तर सहयोग पुर्याउँदै आएका थिए। 

२०२२ सालमा उदयपुरको पुरानो गाईघाटमा बसाई सरेर आएका राईले गाईघाट बजारमा पहिलो पटक मेडिकल पसल खोली विरामीको उपचार सेवा सुचारु गरेका थिए। तत्कालिन अवस्थामा मलेरिया रोग छ्यापछ्याप्ती भएकाले राई निरन्तर बिरामीको औषधि उपचारमा कृयाशिल रहेको इतिहास भेटिन्छ। 

हालको सदरमुकामको गाईघाट बजारलाई व्यवस्थित शहरको परिकल्पनाकारको रुपमा उनी चिनिन्छन। त्यति मात्र नभई बजार बसाउन र व्यवस्थित गर्न बजार कमिटीको सचिव भई काम गरेका थिए। उनी विस २०२३ सालमा त्रियुगा माविको स्थापनामा संस्थापकको भूमिकामा थिए। विभिन्न जिल्लाको सामाजिक अभियानमा जोडिँदा जोडिँदै राईको २०३७ जेठ २३ गते धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देहवासन भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.