बेलायती प्रधानमन्त्रीलाई रुस प्रवेशमा प्रतिबन्ध
मस्को : रुसले बेलायतका प्रधानमन्त्री बोरिस जोनसन लगायतलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ। बेलायती अधिकारीहरूले रुसविरुद्ध विभिन्न गलत गतिविधि गरेकाले उनीहरूलाई प्रतिबन्ध लगाउनु परेको रुसी अधिकारीहरूले जनाएका छन्।
रुसले युक्रेनमाथि आक्रमण गरेको विषयमा बेलायतले रुसको चर्को विरोध गर्दै आइरहेको छ। त्यसैगरी रुसविरुद्ध लड्का लागि बेलायतले युक्रेनलाई सहयोग पनि गर्दै आइरहेको छ।
रुसले बेलायतका विदेशमन्त्री, रक्षा मन्त्रीसहित उच्च अधिकारीहरूलाई रुस प्रवेशमा रोक लगाइएको जनाएको छ। रासस