पोखरा महानगर : मेयर बन्न कांग्रेसभित्र १५ आकाङ्‌क्षी

पोखरा महानगर : मेयर बन्न कांग्रेसभित्र १५ आकाङ्‌क्षी

पोखरा : पोखरा महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयरको उम्मेदवार बन्न १५ जना इच्छुक देखिएका छन्। उक्त पार्टीको महानगर समितिका सचिव गणेशबहादुर थापाका अनुसार पार्टीले निकालेको सूचनाका आधारमा १५ जनाले आकाङ्‌क्षा प्रकट गरेका छन्।

 
महानगर समितिले ४ गते ४ बजेभित्र तोकिएको ढाँचामा पार्टीभित्र उम्मेदवारी दर्ताका लागि आइतबार सूचना निकालेका थियो। पार्टी नगर समिति सचिवालयमा आइतबार १५ जनाले तोकिएको ढाँचामा उम्मेदवारी दिएका हुन्।
 
जिल्ला पार्टी सभापति किशोरदत्त बराल, प्रदेशका मन्त्री बिन्दुकुमार थापा, पूर्व जिल्ला सभापति कृष्णबहादुर केसी, पूर्वजिल्ला सचिव सुदीपमोहन भट्टराई, नेतृ सरस्वती गुरुङ, पूर्वसचिव बाबुराम आचार्य, विश्वशंकर पालिखे, गणेशबहादुर भट्टराई, निर्मलप्रसाद कर्माचार्य, नन्दप्रसाद तिवारी, कोपिला रानाभाट, गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुक्छे, बाबुराम गिरी र परमेश्वर पोखरेलले तोकिएको ढाँचामा पार्टीभित्र उम्मेदवारी दर्ता गराएको जानकारी कांग्रेस पोखरा महानगर समितिका सचिव थापाले जानकारी दिए।

उपमेयरमा लक्ष्मी पाण्डे, माया बराल क्षेत्री, रंगीला आचार्य, टीका गुरुङ, दीपक महत र आनन्दी राणा कार्कीले आकांक्षा देखाएका छन्।
 
सत्ता गठबन्धनले कास्कीका पालिकाहरुमा उम्मेदवारको भागबन्डा मिलाउन आइतबार नै बैठक डाकेको छ। कांग्रेसले पोखरा महानगरसहित सबै ५ पालिकाहरुमा प्रमुख पदमा आफ्ना उम्मेदवार हुनुपर्ने अडान राखेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.