डोटीमा गठबन्धनलाई उम्मेदवार छान्नै सकस, एमालेले पाँच पालिकामा टुंगो लगायो

डोटीमा गठबन्धनलाई उम्मेदवार छान्नै सकस, एमालेले पाँच पालिकामा टुंगो लगायो

डोटी : स्थानीय निर्वाचनका लागि डोटी गठबन्धनलाई उम्मेदवार छान्नै सकस भएको छ। जिल्लामा सहमत हुन नसकेपछि आ-आफ्नो दाबीसहित प्रदेश गठबन्धनमा पठाए पनि प्रदेशमा पनि अझै सहमति हुन सकेको छैन । प्रदेश गठबन्धन जिल्लामा छलफलमा  जुटेपनि सहमतिमा पुग्न सकेको छैन।

'मेरो गोरूको बाह्रै टक्का' भनेझैँ दलहरूले आ-आफ्नो दाबीबाट पछि नहटेपछि बस्दै आएका बैठकहरु निष्कर्षबिहीन भएका छन्। डोटीमा दुईवटा नगरपालिका र सातवटा गाउँपालिका गरी ९ वटा पालिका रहेका छन्।  ६५ वटा वडाहरू  छन् । नेपाली कांग्रसले जिल्लाका दुईवटा नगरपालिकासहित ७ वटा पालिकाको प्रमुख र ४५ वटा वडाको वडाअध्यक्षहरू पाउनुपर्ने दाबी गरेको पार्टी सभापति नरेन्द्रबहादुर सिंहले जानकारी दिए ।

त्यसैगरी, बैठकमा नेकपा माओवादी केन्द्रले एउटा नगरपालिकासहित ४ वटा पालिकाको प्रमुख र ३४ वटा वडाको वडाअध्यक्षहरू पाउनुपर्ने दाबी पेश गरेको जिल्ला संयोजक कमल गड्सिलाले जानकारी दिए । नेकपा एकीकृत समाजवादीले दुईवटा पालिकाको नेतृत्व र १६ वटा वडाको नेतृत्वको माग दाबी गरेको बताइएको छ ।

राष्ट्रिय जनमोर्चाले भने केआईसिंह गाउँपालिकाको उपाध्यक्ष र दुईवटा वडाको वडा अध्यक्ष तथा शिखर नगरपालिकाको एउटा वडाको वडा अध्यक्षको दाबी गरेको कांग्रेस सभापति सिंहले बताए । विशेषगरी गठबन्धनमा पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका बीचमा भागबण्डाको कुरा मिल्न नसकेपछि निष्कर्षमा पुग्न सकिएको छैन ।

 गत निर्वाचनामा नेकपा एमालेसँग झिनो मतले पराजित भएको नेपाली कांग्रेसले पछिल्लो समय नगरमा राम्रो पकड रहेको भन्दै छोड्न चाहिरहेको छैन भने तेस्रो स्थानमा आएको नेकपा माओवादीले समेत आफ्नो राम्रो पकड रहेको दावी गर्दै नेतृत्व छोड्न तयार  छैन।

 जिल्ला सदरमुकाममा रहेको दिपायल सिलगढी नगरपालिकाको नेतृत्व दुबै पार्टीले दावी गरेपछि छलफल निष्कर्षबिहीन भइरहेका छन् । गत निर्वाचनामा नेकपा एमालेसँग झिनो मतले पराजित भएको नेपाली कांग्रेसले पछिल्लो समय नगरमा राम्रो पकड रहेको भन्दै छोड्न चाहिरहेको छैन भने तेस्रो स्थानमा आएको नेकपा माओवादीले समेत आफ्नो राम्रो पकड रहेको दाबी गर्दै नेतृत्व छोड्न तयार  छैन । दिपायल सिलगढी नगरपालिकाको टुङ्गो लागेमा अरु पालिकाको सहजै टुङ्गो लाग्ने नेताहरु बताउँछन् ।

गठबन्धनको पक्षमा जिल्लाका सबै दलका प्रमुख नेताहरु रहेपनि नेपाली कांग्रेसका तल्लो तहका नेता कार्यकर्ता भने पक्षमा नरेहेको बताउँदै आइरहेका छन् । उनीहरु नेतृत्व तहलाई समेत गठबन्धनबाट निर्वाचनमा नजान र गठबन्धनको नाममा उम्मेदवार छनौटमा ढिलो नगर्न दबाब दिइरहेका छन् ।

उता, गठबन्धनकै अर्को दल जसपा डोटीका पार्टी अध्यक्ष श्रीबाबु श्रेष्ठले जिल्लामा भइरहेको गठबन्धनको छलफलका विषयमका आफूलाई जानकारी नभएको बताउँदै आइरहेका छन् । 'मलाई चुनावका विषयमा के कस्तो छलफल भइरहेको छ थाहा छैन,' श्रेष्ठले भने, 'हामीहरू चुनावमा एक्लै भएपनि जान्छौं ।'

एमालेले पाँच पालिकामा टुङ्गो लगायो

स्थानीय तहको निर्वचनका लागि नेकपा एमाले डोटीले पाँच पालिकामा उम्मेदवारको टुङ्गो लगाइसकेको छ । डोटीमा नेकपा एमाले एक्लै चुनाव लड्ने भएको छ । 'अहिलेसम्म कुनै पार्टीसँग सहकार्यका लागि छलफल अगाडि बढेको छैन,' नेकपा एमाले डोटीका अध्यक्ष चक्र मल्लले भने, 'हामीहरु एक्लै चुनावमा जाने हुनाले पाँचवटा स्थानीय तहका उम्मेदवार टुङ्गो लगाइसकेका छौं ।'

नेकपा एमालेले डोटीको जोरायल गाउँपालिका, सायल गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका, केआईसिह गाउँपालिका र आदर्श गाउँपालिकामा आफ्ना उम्मेदवारको टुङ्गो लगाइसकेको छ ।

मल्लले भने,'अहिलेसम्म कुनै पार्टीले पनि हामीसँग सहकार्य गर्ने भन्दै प्रस्ताव ल्याएका छैनन्, हामीले पनि कसैसँग गरेका छैनौं ।' ‘पहिले गठबन्धनले के गर्छ त्यसपछि मात्रै हामी चुनावमा के कसरी जाने भनेर अगाडि बढ्छौं.' उनले भने ।

नेकपा एमालेले डोटीको जोरायल गाउँपालिका, सायल गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका, केआईसिह गाउँपालिका र आदर्श गाउँपालिकामा आफ्ना उम्मेदवारको टुङ्गो लगाइसकेको छ । जोरायलको अध्यक्षमा दुर्गादत्त ओझा र उपाध्यक्षमा जमुना बोहरा, सायलको अध्यक्षमा तेज डुम्रेल र उपाध्यक्षमा बिस्ना सिंहलाई उम्मेदवार बनाएको छ । 

दुबै पालिकाका चारैजनालाई दोहोर्‍याएको छ । उनीहरु बहालवाला अध्यक्ष र उपाध्यक्ष हुन् । त्यसैगरी बोगटान फुड्सिलको अध्यक्षमा हस्त बुढा, केआईसिंहको अध्यक्षमा तेज माझी र आदर्शको अध्यक्षमा डम्मर ओलीलाई उम्मेदवार बनाइएको अध्यक्ष मल्लले जानकारी दिए । बाँकी चारवटा पालिकाको टुङ्गो लाग्न नसकेपछि उम्मेदवारका आकांक्षी सबैको नामावलीसहित प्रदेश कमिटीमा सफारिस गरिएको अध्यक्ष मल्लले जनाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.