झिमरुकमा फुट्यो गठबन्धन, माओवादीलाई अध्यक्ष, कांग्रेसलाई उपाध्यक्ष

झिमरुकमा फुट्यो गठबन्धन, माओवादीलाई अध्यक्ष, कांग्रेसलाई उपाध्यक्ष

 झिमरुक (प्यूठान) : झिमरुक गाउँपालिका प्यूठानमा सत्तारुढ दलको गठबन्धन फुटेको छ । तीन दल नेकपा माओवादी, नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाको सत्ता गठबन्धन गर्ने केन्द्रले निर्णय गरेपनि उनीहरुबीच सहमति हुन सकेन । माओवादी केन्द्र र नेपाली कांग्रेसले नेकपा मसाल र त्यसको चुनावी मोर्चा राजमो बाहेकको गठबन्धन गरेका छन् । 

पद बाडफाँडसहित सहमति भएको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । नेपाली कांग्रेस झिमरुक गाउँपालिका पार्टी सभापति मिनराज भट्टराई र नेकपा माओवादी केन्द्रका झिमरुक अध्यक्ष झकबहादुर जिसीले संयुक्त रुपमा विज्ञप्ति जारी गरी वडा तहमै भागबण्डा गरी गठबन्धन गरिएको जनाएका छन् ।

गाउँपालिका अध्यक्ष माओवादी केन्द्रलाई र उपाध्यक्ष नेपाली कांग्रेसलाई दिने सहमति भएको छ । मसालसहितको गठबन्धन गर्ने लामो छलफल भएपनि तीन दलबीच सहमति जुट्न नसक्दा दुई पार्टीको मात्र गठबन्धन भएको उनीहरुले बताएका छन् ।

 सहमतिअनुसार वडामा जुन दलको वडा अध्यक्ष उम्मेदवार हुन्छ त्यही दलकै चुनाव चिन्ह लिएर निर्वाचनमा जाने सहमति दुई दलबीच भएको छ ।  हाल झिमरुक गाउँपालिकामा नेकपा मसालको सत्ता छ । झिमरुक गाउँपालिकाको प्रत्यक्ष निर्वाचनमा नेकपा माओवादी केन्द्र दोस्रो र नेपाली कांग्रेस चौथो शक्ति हो । एमाले तेस्रो शक्ति हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.