लोमान्थाङ अध्यक्षमा एमालेबाट गुरुङ सर्वसम्मत चयन
जोमसोम : आसन्न स्थानीयतहको निर्वाचन नजिकिएसंगै नेकपा एमाले लोमान्थाङ गाउँपालिकाले पालिका अध्यक्षमा टसी नर्बु गुरुङलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ।
एमाले लोमान्थाङ पालिका कमिटीका अध्यक्ष निमा ढिन्डुक गुरुङको अध्यक्षता र एमाले गण्डकी प्रदेश सदस्य एवं प्रदेश सभा सदस्य ईन्द्रधारा बिष्टको उपस्थितिमा सोमबार बसेको उम्मेदवार छनौट बैठकले लोमान्थाङ—३ ठिङ्गरका यूवा टसी नर्बु गुरुङलाई सर्वसम्मत पालिका अध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय गरेको हो।