ट्रकको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु

ट्रकको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु

चितवन : ट्रकले साइकललाई ठक्कर दिँदा ६ वर्षीय बालकको मृत्यु भएको छ । बुधबार दिउँसो सवा तीन बजे पश्चिम राजमार्गको  रत्ननगर नगरपालिका ९ स्थित भानु चोकमा  पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको  बीआर ०६ जीडी ८६७२ नम्बरको  भारतीय ट्रकले ठक्कर दिँदा साइकलमा सवार ६ वर्षीय प्रिन्स परियारको मृत्यु भएको हो । साइकलमा पछाडि बसेका परियारलाई उपचारका लागि भरतपुर अस्पताल पुर्‍याउनु अघि नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरी अधिकारीले बताए । 

साइकल चलाउने बारा जितपुर ६ घर भइ  हाल रत्ननगर  ९ भानुचोक बस्ने १६ वर्षीय सौगात अलीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रक चालक भारतको बारबंशी कोतवाली नगर पंचायत बंकी ८ घर भएका ३० वर्षीय मोनु कश्यप ईलाका प्रहरी कार्यालय टांडीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.