भरतपुरमा कुरा मिलाउन प्रधानमन्त्री देउवाले राज्यमन्त्री श्रेष्ठलाई पठाए चितवन

भरतपुरमा कुरा मिलाउन प्रधानमन्त्री देउवाले राज्यमन्त्री श्रेष्ठलाई पठाए चितवन

चितवन : गठबन्धन अनुसार भरतपुर महानगरपालिकाको नेतृत्व नेकपा माओवादी केन्द्रलाई छोड्ने केन्द्रको निर्णयबाट कार्यकर्ता असन्तुष्ट भएपछिस्थिती साम्य बनाउन केन्द्रीय सदस्य उमेश श्रेष्ठ चितवन आएका छन्। कार्यकर्तालाई सम्हाल्न सभापति शेरबहादुर देउवाले राज्यमन्त्री श्रेष्ठलाई चितवन पठाएका हुन्।

तीन महानगरको नेतृत्व कांग्रेसले गर्ने सर्तमा भरतपुरमा माओवादीको माग अनुसार छोड्नपर्ने अवस्था आएको बताउँदै कार्यकर्तालाई सहमत बनाउन भेटघाट गर्ने उनले बताए।

भरतपुर विमानस्थलमा अन्नपूर्ण पोष्टसंग कुराकानी गर्दै श्रेष्ठले अवस्था ठिक हुने दावी गरेका छन्। देशको राष्ट्रिय राजनीति, सरकार गठन सबै कुराले गठबन्धन गर्न परेको उनले बताए। तीन ठाँउको महानगर कांग्रेसले पाउने सर्तमा गठबन्धनको निर्णय भएको बताए। ‘आवेश, इच्छाआकाङ्‌‌क्षा हुनु स्वभाविक हो,’ उनले भने, ‘दुईचार दिन बसेर साथीहरुलाई सहजीकरण गर्नका लागि आएको हुँ। सबैलाइृ मिलाएर लैजान्छौं।’

उनले चितवन बसेर जिल्लाका सातैं पालिकाका आकाङ्‌क्षी, नेता कार्यकर्ता भेट्ने छन्। सहमति अनुसार कांग्रेसले उपमेयरसहित धेरै वडामा कांग्रेस समेट्ने बताए। उनले मुलुकको राजनैतिक अवस्थाले गठबन्धन गर्न परेको बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.