माओवादी केन्द्रबाट कमलामाई नगर प्रमुखमा श्रेष्ठ र उपप्रमुख फुयाँल सिफारीस

माओवादी केन्द्रबाट कमलामाई नगर प्रमुखमा श्रेष्ठ र उपप्रमुख फुयाँल सिफारीस

सिन्धुली : नेकपा माओवादी केन्द्र सिन्धुलीले कमलामाई नगरपालिका सिन्धुलीका लागि मेयर र उपमेयर सर्वसम्मत छनौट गरेको छ। नेकपा माओवादी केन्द्र कमलामाई नगर कमिटीको बुधबार बसेको बैठकले कमलामाई नगरपालिकाको मेयरका लागि दिर्घराज श्रेष्ठ र उपमेयरमा मिथिला फुयाँललाई सर्वसम्मत छनौट गरेको हो। श्रेष्ठ नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन भने फुयाँल जिल्ला नेता हुन्।

दुई महिना अघि मात्र जसपा छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका श्रेष्ठ माओवादीका जनयुद्धकालीन नेता समेत हुन्।

गठबन्धनमा सहमति हुन नसकेपछि माओवादी केन्द्रले मेयर र उपमेयरका लागि सर्वसम्मत सिफारीस गरेको नेकपा माओवादी केन्द्र कमलामाई नगर कमिटीका अध्यक्ष शेरबहादुर कार्कीले बताए। ‘माओवादी केन्द्रले कमलामाई नगरपालिकाका १४ मध्ये ३ वटा वडामा वडा अध्यक्षका उम्मेद्‌वार छनौट गरेको छ। अन्य वडामा छनौट प्रकृयामा रहेको र एक दुई दिन भित्रमै टुंगो लाग्छ,’उनले भने। 

उता माओवादी केन्द्रले अन्य पालिकामा हालसम्म प्रमुख र उपप्रमुखको टुंगो लगाउन सकेको छैन्। एमालेले चारवटा गाउँपालिकामा अध्यक्षको उमेदवार चयन गरेको छ। कांग्रेसले एउटा गाउँपालिका अध्यक्ष छनौट गरेको छ। माओवादी र कांग्रेसलाई गठबन्धमा सहमति हुन नसकेपछि उम्मेद्‌वार छनौटमा सकस परेको हो। नेकपा एकीकृत समाजवादीले पनि दुधौली र कमलामाई नगरपालिकामा मेयरका उम्मेद्‌वार छनौट गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.