भरतपुरबाहेक चितवनको ६ पालिकामा यसरी गरिँदैछ भागबण्डा

भरतपुरबाहेक चितवनको ६ पालिकामा यसरी गरिँदैछ भागबण्डा

चितवन : स्थानीय निर्वाचनमा चितवनका पालिकाहरुको नेतृत्वका लागि गठबन्‍धन दलहरु छलफलमा जुटेका छन्। भरतपुर महानगरपालिकाबाहेक ६ पालिकामा उम्मेदवार टुंगो लगाउन बसेको गठबन्धनको जिल्ला नेतृत्वले सहमतिको खाका कोरेका छन्।

भरतपुरमा केन्द्रले प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा नेपाली कांग्रेसलाई दिएको छ। तीन वटा नगरपालिका र एउटा गाउँपालिका कांग्रेसलाई, समाजवादी र माओवादीले एक-एक वटामा नेतृत्व लिने भएका छन्।

भरतपुरको चितवन मिडटाउन रिसोर्टमा विहान ९ बजेदेखि बसेको बैठक राति दश बजेसम्म चलेको थियो। पाँच वटा नगरपालिकामध्ये रत्ननगर, कालिका र खैरहनी नगरपालिकामा कांग्रेसले प्रमुख पाउने भएको छ। राप्ती नगरपालिकाको प्रमुखमा नेकपा समाजवादी र माडी नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रलाई दिने सहमति जुटेको छ।

कालिका नगरपालिका र इच्छाकामना गाँउपालिकामा भने सहमति जुट्न बाँकी छ। कांग्रेसले यसअघि अध्यक्ष र उपाध्यक्ष जितेको भन्दै इच्छाकामना गाँउपालिकाको दुवै पद दाबी गरेको छ। अन्य दलले भने उपाध्यक्ष मागेका छन्। इच्छाकामनाको दुवै पदका लागि कांग्रेसले दाबी गर्दै आएको कालिका नगरपालिकाको उपमेयर छोड्न तयार भएको छ।

त्यस्तै राप्ती, माडीको उपप्रमुख कांग्रेसले पाएको छ। रत्ननगर नगरपालिकाको उपप्रमुख नेकपा समाजवादीलाई दिने सहमति भएको छ। कालिका नगरपालिका र इच्छा कामनाको उपप्रमुखमा माओवादी केन्द्रको दाबी छ।

उम्मेदवारमा सहमति जुटाएर संयुक्तरुपमा चुनाबी प्रचारमा जाने तयारी छ। बिहीबार फेरि बैठक बस्ने नेपाली कांग्रेस चितवनका सचिव ध्रुवराज पोखरेलले बताए। उनका अनुसार पालिकाको प्रमुख र उपप्रमुख टुंगो लगाएपछि वडा तहको तालमेल गरिनेछ। ‘करिब सबैजसोमा सहमति भएको छ। केही पालिकामा मात्रै बाँकी छ। त्यसलाई पनि सहमति गराएर हामी वडा टुङ्गाउछौं,’ उनले भने। केन्द्रीय गठबन्धनअनुसार भरतपुर महानगरको प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा नेपाली कांग्रेसले पाएको छ। 

यसैबीच गठबन्धन दलहरुको संयन्त्र गठन भएको छ। नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा चुनावी तालमेल र सिट बाँडफाँड समिति बनेको हो। समितिमा नेकपा माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, नेकपा समाजवादीका इन्चार्ज कृष्ण खनाल, जसपाका अध्यक्ष प्रेम भुजेल, राष्ट्रिय जनमोर्चाका डम्बर पुरी, नेकपा माओवादी केन्द्रबाट यमबहादुर परियार, नेकपा समाजवादीका सूर्यप्रसाद शर्मा र नेपाली कांग्रेस चितवनका सचिव ध्रुवराज पोखरेल सदस्य रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.