जीतपुरसिमरामा गठबन्धनको निर्णय नस्वीकार्ने कांग्रेस नेताको घोषणा

जीतपुरसिमरामा गठबन्धनको निर्णय नस्वीकार्ने कांग्रेस नेताको घोषणा

सिमरा : नेपाली कांग्रेसले जीतपुरसिमरा उपमहानगरपालिकामा केन्द्रीय गठबन्धनको निर्णय नस्वीकार्ने भएको छ । केन्द्रीय गठबन्धनले प्रमुख पद नेकपा माओवादी केन्द्रलाई दिने निर्णय गरेपछि कांग्रेसले उक्त निर्णय अस्वीकार गर्ने बताएको हो।

केन्द्रीय गठबन्धनबीच भएको भागबण्डामा जीतपुरसिमराको प्रमुख पद माओवादी र उपप्रमुख पद कांग्रेसलाई दिने गरी सहमति भएको थियो । गठबन्धनबीच भएको भागबण्डाको निर्णय बाहिर आएपछि कांग्रेसले नगरस्तरीय बैठक बोलाएर दुवै पदमा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो । 

गठबन्धनको निर्णय पर्खेर बसेको कांग्रेसले अन्ततः उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदको आकांक्षीको नाम सिफारिस गरेको छ। कांग्रेस नगर समितिको बैठकले प्रमुखमा ११ र उपप्रमुखमा १३ जनाको नाम सिफारिस  गरेको हो । प्रमुख पदका लागि श्यामबाबु गुप्ता, कृष्णवर्त सिंह, नारायणी रायमाझी, शोभाकर पराजुली, ओमकृष्ण कार्की, सुमनकुमार भट्टराई, टिकाराम पौडेल, माधव उपाध्याय, रुद्र पौडेल, देवेन्द्र उपाध्याय र गंगा काफ्ले आकांक्षी देखिएका छन् । 

यसैगरी उपप्रमुख पदका लागि गिता शर्मा, राधादेवी साह, मेघा शाही, रिता रिजाल, रामबाबु गुप्ता, छविलाल शर्मा, रेशम तिवारी, शरदचन्द्र भट्टराई, राजमणि बराल र श्यामबाबु सिंह भूमिहारले दावी गरेका छन् । दुवै पदमा दावी गरेका सबैको नाम सिफारिस गर्ने निर्णय भएको नगर सभापति छविलाल शर्माले जानकारी दिए । 

उनले केन्द्रीय गठबन्धनको निर्णय अमान्य रहेको र कांग्रेसले दुवै पदमा एक्लै प्रतिस्पर्धा गर्ने बताए । 'हामीलाई गठबन्धनको निर्णय स्वीकार्य छैन्, हामी एक्लै चुनाव लड्न सक्षम छौं, शर्माले भने,'त्यसैले हामीले आफ्नो प्रक्रिया अगाडि बढाएका छौं । '

अघिल्लो स्थानीय तहको निर्वाचनमा दोस्रो भएको कांग्रेसले प्रमुख पदमा दावी गर्दै आएको थियो । नेकपा एमालेले प्रमुख र उपप्रमुख दुवै पदमा जित हात पारेको जीतपुरसिमरामा कांग्रेस दोस्रो र माओवादी तेस्रो भएको थियो । गठबन्धनबीच भागबण्डाको विषयमा छलफल सुरुवात भएलगत्तै कांग्रेस नगर कार्यसमितिले प्रमुख पदमा आफ्नो दावी रहेको र उक्त पद नपाए एक्लै चुनाव लड्ने निर्णय गर्दै केन्द्रमा पत्राचार गरेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.