जीतपुरसिमरामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

जीतपुरसिमरामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

सिमरा : स्थानीय तहको निर्वाचनको लागि जीतपुरसिमरा उपमहानगरपालिकामा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । उपमहानगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृत टिकामणी न्यौपानेको कार्यालय स्थापना गरिएको हो । 

वैशाख ३० गतेका लागि तोकिएको निर्वाचन प्रक्रिया सम्पन्न गर्न अधिकृत न्यौपाने जीतपुरसिमरा आएका छन् । दुई दिन बारा आएका न्यौपानेले प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, प्रमुख निर्वाचन अधिकृत खिलनाथ रेग्मीसंग छलफल गरेपछि  कार्यालय स्थापना गरेका हुन् । 

न्यौपानेलाई जीतपुरसिमराका उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले स्वागत गरेका थिए । निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसंगै अधिकृत न्यौपानेले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् । 

अधिकृत न्यौपानेले जीतपुरसिमराको निर्वाचन प्रक्रियालाई विवादरहित ढंगबाट सफल बनाउनका लागि तयारी सुरु गरिएको बताए । अधिकृत न्यौपानेले निर्वाचनको तयारीका लागि शुक्रबार राजनीतिक दलहरुबीच छलफल गर्ने भएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.