बेलायती प्रधानमन्त्री जोन्सन भारतमा, युक्रेनमाथि रुसी सैन्य हमलाको एजेण्डा उठाउने

बेलायती प्रधानमन्त्री जोन्सन भारतमा, युक्रेनमाथि रुसी सैन्य हमलाको एजेण्डा उठाउने

अहमदावाद : बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन भारत आइपुगेका छन्। उनी बिहीबार गुजरात आइपुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर हो। उनी बिहीबार बिहान गुजरात आएको र उनले यहाँ राजनीतिक तथा अन्य भेटघाट गर्ने जनाइएको छ।

गुजरातबाट प्राप्त समाचारमा बेलायतका प्रधानमन्त्री जोन्सनले आज नै यहाँका व्यावसायिक प्रतिनिधिहरुसँग भेट गर्ने कार्यक्रम छ। गुजरात भारतीय मूलका बेलायती नागरिकहरुमध्ये करिब आधाजति नागरिकहरुको जन्मस्थल हो। गुजरातमा उनले व्यापारिक समुदायका नेताहरुसँगको भेटघाटका क्रममा भारत र बेलायतबीच लगानीका विषयमा कुराकानी गर्ने बताइएको छ।

त्यसपछि भारतीय प्रधानमन्त्री मोदीसँगको द्विपक्षीय भेटवार्ताका लागि शुक्रबार राजधानी नयाँ दिल्ली प्रस्थान गर्नेछन्। यसअघि प्रधानमन्त्री जोनसनले भारत भ्रमणको कार्यक्रम सार्वजनिक गरेको भए पनि कोरोना भाइरसको प्रकोपका कारण दुई पटकसम्म स्थगित भएको थियो।

भारत र बेलायतमा नै कोरोना भाइरसको बढ्दो प्रकोपबाट ठूलो क्षति पुगेको थियो। यसपटक पनि उनले भारतमा रहँदा समकक्षी मोदीसँग द्विपक्षीय वार्ताका क्रममा खासगरी आर्थिक लगानी, व्यापारिक साझेदारी, प्रतिरक्षा र जनता जनताबीचको सम्पर्क एवं हरित गृहलगायतका विषयमा आवश्यक छलफल र द्विपक्षीय सम्झौता गर्ने कार्यक्रम रहेको छ।

साथै यस भ्रमणका क्रममा उनीहरुका बीचमा रुसले युक्रेनमाथि गरेको सैन्य हमलाका विषयमा पनि कुराकानी हुने भएको बताइएको छ। बेलायतले रुसले गरेको आक्रमणको विरोध गरिरहेको छ। प्रधानमन्त्री जोन्सन हालैमात्र युक्रेनको राजधानी किभ पुगेका थिए। एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.