नेटफ्लिक्सका सस्क्राइबर घटे, बजार मूल्यमा ५० अर्ब डलर गिरावट
वासिङटन डिसी : नेटफ्लिक्सले आफ्ना सस्क्राइबर(ग्राहक) तीव्र रूपमा घटेको बताएको छ। उसले लाखौं सदस्यहरूले आगामी दिनहरूमा यो प्लेटफर्म छोड्न सक्ने उल्लेख गरेको छ।
नेटफ्लिक्सको यो खुलासापछि नेटफ्लिक्सको शेयर ३५% ले घटेको छ। जसका कारण कम्पनीको बजार मूल्य ५० अर्ब डलरले घटेको छ ।
नेटफ्लिक्सले अन्य प्रतिद्वन्द्वी स्ट्रिमिङ प्लेटफर्मसँग कडा प्रतिस्पर्धा गरिरहेको छ। पछिल्लो समय मूल्य बढाएको र युक्रेनमा हमला गरेको आरोपमा रसिया छोडेकोले पनि पनि कम्पनीलाई झट्का लागेको हो ।
नेटफ्लिक्सले पासवर्ड सेयरिङ रोक्ने योजनामा पनि काम गरिरहेको छ। अनुमानित १० करोड मानिसहरूले यस तरिकाले भुक्तान नगरी स्ट्रिमिङ सेवा प्रयोग गरिरहेका छन्। बीबीसी