वीरगन्जका मेयर सरावगीले राजीनामा दिए

वीरगन्जका मेयर सरावगीले राजीनामा दिए

वीरगन्ज : वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले पदबाट राजीनामा दिएका छन्। आसन्न स्थानीय तह निर्वाचनमा फेरि पनि वीरगन्ज महानगरको मेयरमा नेकपा एमालेकातर्फबाट उम्मेदवारी दिने भएका सरावगीले मेयर पदबाट राजीनामा दिएका हुन्।

 
एमाले महानगर कमिटी र प्रदेश कमिटीले वीरगन्ज महानगरको मेयरमा सरावगीको एकल नाम केन्द्रीय कमिटीमा सिफारिस गरिसकेको छ। सरावगीले बिहीबार महानगरपालिका कार्यालयमा पुगेर महानगरकी उपमेयर शान्ति कार्कीलाई राजीनामा पत्र बुझाएका हुन्।
 
उम्मेद्वारी दर्ता गर्नुभन्दा पहिले पदबाट राजीनामा दिनुपर्ने कानुनी प्रावधान भएका कारणले आफूले राजीनामा दिएको सरावगीले बताए। यसअघि बिहीबार नै सरावगीले आफूले प्रयोग गर्दै आएको महानगरपालिकाको सरकारी गाडी र त्यसको साँचोसमेत प्रमुख प्रशाकीय अधिकृत निष्चल राज पाण्डेलाई फिर्ता गरेका थिए।
 
पर्सामा आसन्न स्थानीय तहको निर्वाचनमा फेरि पनि चुनाव लड्ने पालिकाका जनप्रतिनिधिहरु मध्ये राजीनामा दिने सरावगी पहिलो जनप्रतिनिधी हुन्। 

१४ वटा पालिका रहेको पर्सा जिल्लामा प्राय सबै पालिकाका प्रमुख र उपप्रमुख फेरि चुनाव लड्ने तयारीमा छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.