भरतपुर महानगरकी मेयर रेनु दाहालसहित वडा अध्यक्ष र सदस्यले दिए राजीनामा

भरतपुर महानगरकी मेयर रेनु दाहालसहित वडा अध्यक्ष र सदस्यले दिए राजीनामा

भरतपुर :भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् । भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदारी दिन उनले पदबाट राजीनामा दिएकी हुन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनकातर्फबाट उम्मेदवार बन्न लागेकी दाहालले उपप्रमुख पार्वती शाह ठकुरीसमक्ष राजीनामा पत्र बुझाएकी हुन्  । मेयर दाहालले राजीनामा दिएको उपप्रमुख शाहले अन्नपूर्णलाई जानकारी  दिइन्।

'मेयरले राजीनामा बुझाउनु भएको छ । आजै स्वीकृत भइसकेको छ,' उपप्रमुख शाहाले भनिन् । 

निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि दाहालले राजीनामा दिएकी हुन्। सत्तारुढ गठबन्धनकातर्फबाट भरतपुरको मेयर माओवादीले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ ।  'महानगरपालिकाको नगरप्रमुख  पदमा उम्मेदवारी दर्ता गर्ने हुँदा निर्वाचन आचारसंहिताको पालना गर्दै भरतपुर महानगरपालिका चितवनको नगरप्रमुखको पदबाट राजीनामा गरेको छु,' राजीनामा पत्रमा उल्लेख छ । 

मेयरसँगै वडाध्य्क्ष र नगर सदस्यले पनि राजीनामा दिएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.