उदयपुरमा राजीनामा दिँदै जनप्रतिनिधि
उदयपुर : स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा जनप्रतिनिधिहरुले धमाधम राजीनामा दिन थालेका छन्। शुक्रबार मात्रै त्रियुगा नगरपालिका-५ का वडाध्यक्ष केदार थापा (उद्धव) र वडा नं ८ का महिला वडा सदस्य कमल बस्नेतले पदबाट राजीनामा दिएका हुन्।
दुबैले टिकटको सुनिश्चिता भएसँगै आफू रहेको पदबाट राजीनामा दिएका हुन्। दुबै नेपाली काँगेसबाट निर्वाचित जनप्रतिनिधि हुन्। निर्वाचन आयोगले पुनः उम्मेदवारी बन्ने अवस्थामा अनिवार्य राजीनामा दिनुपर्ने व्यवस्था गरेसँगै जनप्रतिनिधिहरुले धमाधम राजीनामा दिन थालेका हुन्।