भरतपुरमा फर्मा एक्स्पो सुरु

भरतपुरमा फर्मा एक्स्पो सुरु

चितवन : नेपालमा औषधी उत्पादन र अनुसन्धानलाई केन्द्रित गरी भरतपुरमा फर्मा एक्स्पो सुरु भएको छ। औषधी तथा औषधीजन्य सामग्रीहरुको बृहत् प्रदर्शनी गरिएको हो। औषधी उत्पादक संघ एपोनले नेपाल फर्मा एक्स्पो आयोजना गरेको यो आठौ संस्करण हो। 

एक्स्पोको अवसर पारेर विभिन्न प्राविधिक एवं नीतिगत विषयमा छलफल नेपालमा उत्पादन हुँदै आएका औषधी र औषधी उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याब, मेसिन, कच्चा पदार्थ, प्याकेजिङ मेटेरियल लगायतमा पछिल्लो समयमा भएका विकास वारे प्रदर्शनी राखिएको छ। 

एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्।  राष्ट्रपति विद्यादेवी भण्डारीले औषधी उत्पादनको क्षेत्रमा लगानी बढाउन सरकारको ध्यानाकर्षण गराएकी छिन्। औषधी उत्पादनमालाई आत्मनिर्भर बनाउन नीतिगतरुपमै प्रोत्साहन गर्न सुझाव दिएकी छिन्। ‘औषधी उत्पादन मुलुकको अर्थतन्त्रसंग जोडिएको छ। यसले राष्ट्रिय अर्थतन्त्रमै ठूलो सहयोग पुग्नेछ। यसलाई निर्यातमुखी बनाउन आवश्यक छ, ’ उनले भनिन्, ‘औषधी उत्पादनका क्षेत्रमा नीतिगत ब्यवस्था गरेर लगानी बढाउनुपर्छ।’ उनले औषधी उद्योगको क्षेत्रमा विकास गरेर रोजगारीको समेत सिर्जना गर्नुपर्ने बताए।

एपोनका अध्यक्ष प्रज्वल जङ्ग पाण्डेले नेपालमा पनि औषधी उत्पादन हुन्छ र भन्ने अवस्थाबाट अहिले एक सयभन्दा बढी औषधी उद्योगहरू सञ्चालित रहेका बताए। उनले नेपाली औषधी उद्योगलाई प्रवर्द्धन गर्नका लागि सरकारको सहयोग आवश्यक पर्ने बताए।

तीन दिनसम्म चल्ने एक्स्पोमा  १६० स्टल छन्। औषधी क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न १२० वटा बहराष्ट्रिय कम्पनी, र ४० वटा नेपाली औषधी उद्योगहरु समेत एक्स्पोमा भाग लिनेछन्। एक्स्पोमा नेपाल, भारत र बङ्गलादेशका स्टल छन्।

औषधी उत्पादनको क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न बहुर्राष्ट्रिय कम्पनी र नेपाली औषधी उद्योगहरूले एक्स्पोमा भाग लिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.